logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • गौरामाजारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आयोजक सारस्वरको बिजयी सुरुवात

    गौरामाजारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आयोजक सारस्वरको बिजयी सुरुवात

    इक्रा युथ क्लवले सारस्वर र भरतपुर युवा कल्व जनकपुरका खेलाडीहरु।तस्बिर : भ्वाइस खबर
    लोकेन्द्र प्रसाद यादब(भ्वाइस खबर) : सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर—३ गौरामा इक्रा युथ क्लवको आयोजनामा जारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आजको खेलमा आयोजक सारस्वर टिम विजय भएको छ।

    पहिलो  राउण्डको दाश्रो खेलमा इक्रा युथ क्लवले सारस्वरले भरतपुर युवा कल्व जनकपुरलाई १—० गोल अन्तरले पराजित गरेको छ।
    इक्रा युथ क्लव सारस्वरका १४ नम्बर जर्सीका खेलाडी राजेश शर्माले खेलको पिहलो हाफमा गोल गरेका थिए। सोही गोल निर्णयक हुन पुग्यो।

    यस्तै प्रतियोगितामा आइतबार लहान एफसी सिरहा एफसी धनगढीमाई सिरहा बिच हुने खेलकुद आयोजक समितिका सचिव देव चन्द्र यादवले बताए।

    प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ५५ सहित ट्रफी र प्ररमाणपत्र प्राप्त गर्नेछ्न । भने उप – विजेता टिमले नगद ३१ हजार १ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । फागुन १० गतेसम्म नकआउटको आधारमा हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ३, शनिबार २२:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP