सिरहा :ईलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु गरेका छन् ।
यो कार्यालयले हेर्ने ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको सूचना अधिकारी शशी कुमार चौधरीले जानकारी दिनुभयो।
गृह मन्त्रालयको योजना अनुरुप वडा कार्यालयबाट अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस भएर आउँदा पहिलो दिन लहान नगरपालिका–१५ का अनुसा चौधरी र लहान नगरपालिका–१ का हेम शंकर साहुलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको ईलाका प्रशासन कार्यालय लहानका कार्यालय प्रमुख उप सचिव गोकर्ण राज सुयालले जनाएको छ। उहाँले भने वडामा अनलाइन दर्ता गर्दा केही कागजात अपुग भए अनलाइनमै ईलाका प्रशासनले सच्याउन लगाउँछ । अनलाइन भईसकेका कागजात हेरेर नागरिकता दिने गर्छ।‘‘विस्तारै कागज लिएर आउने नै नपर्ने बनाउने कार्य भईरहेको बताए।”
कार्यालयका अनुुार वडामा अनलाइन भरिसकेका सेवाग्राही कार्यालयबाट अब नागरिकता लिएर मात्रै फर्किन्छ । पहिले जस्तो धेरै पटक दौडधुप गर्ने अब हुदैँन।
ईलाका प्रशासन कार्यालय लहनाको कार्यक्षेत्रमा लहान नगरपालिका, भगवानपुर गाउँपालिका,सखुवानन्कारकट्टी गाउँपालिकाको सबै वडा र धनगढीमाई नगरपालिकाको वडा नम्बर१२,१३र१४ यस्तै लक्ष्मीपुरपतारी गाउँपालिकाको २,६ नम्बर र नवराजपुर गाउँपालिकाको वडा नम्बर—१ रहेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया