मोरङ । ११६ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित खुल्ला पुरुष तथा महिला फुटबल प्रतियाेगितामा पुरूषतर्फ हिमचुली युवा क्लव र महिलातर्फ चाम्पलेटे महिला क्लव विजयी भएका छन् ।
संखुवासभाकाे चैनपुर नगरपालिकास्थित पिपलडाँडा युवा क्लवले आयाेजना गरेकाे उक्त प्रतियाेगितामा पुरूषतर्फ आयाेजक क्लव उपविजेता भएकाे हाे । विजेता हिमचुलीले १५ हजार ५ र उपविजेता आयाेजक टिमले ८ हजार ५ पुरस्कार प्राप्त गरेकाे आयाेजक क्लवका अध्यक्ष साड्गे शेर्पाले बताएका छन् ।
महिलातर्फ पनि द्वितीय पुरस्कार आयाेजक महिला टिमले प्राप्त गरेका छन् । महिलातर्फका विजेता टिमले पुरस्कार राशी ५ हजार र उपविजेता टिमले २ हजार पुरस्कार प्राप्त गरेकाे शेर्पाले बताए ।
प्रतिक्रिया