खेलाडी तथा अतिथिहरुलाई स्वागत गर्दै मा.वि सारस्वरका विद्यार्थिहरु। तस्बिर : भ्वाइस खबर
लोकेन्द्र प्रसाद यादब(भ्वाइस खबर) : इक्रा युथ क्लबको आयोजनामा सप्तरी जिल्लास्थित बोदे बर्साईन नगरपालिका वडा नम्बर –३ गौरामा आज देखि दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा फ.सि.टि गोलबजार सिरहाले महुली फुटवल कल्व सप्तरीलाई सिरहालाई २ –० गोल अन्तरले पराजित गरेको छ । फ.सि.टि गोलबजारका ७ नम्बरका खेलाडी रंजित रायले २ गोल गरेका थिए।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तैजुलाल चौधरीले ब्यानर पढेर गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मन्त्री चौधरीले भने खेलकुदबाट पनि आर्थिक उपार्जन गर्न सकिन्छ। भने पछिल्लो उदाहरणको रुपमा क्रिकेटको एनपिएल खेलमा नेपाली युवाले २५ लाख सम्म पन्ध्र दिनमा कमाएको बताए। उहाँले भारतको आइपिएल खेलका लागि एउटा खेलाडी २७ करोड भारु सम्मको पारश्रमिक लिएको भन्दै नेपालको कुन माननीय,मन्त्री र प्रधानमन्त्रीले भ्रष्टचार गरेर तीन महिनामा त्यती रकम कमाउन सक्छ, उनले भने । एघारौं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने भएपनि प्रदेश सरकारको भौतिक तैयारी शुन्य रहेको बताउँदै यसपर्फ ध्यान दिन सुझाए।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमासप्तरी क्षेत्र नम्बर ४(ख) प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव, बोदे बर्साईन नगरपालिकाको नगर उपप्रमुख रेणु साह, नेपनली कांग्रेस नगर सभापति ईन्जिनियर दिपेन्द्र यादव, रहेको थियो । सो प्रतियोगितामा अतिथिका रुपमा वडा नम्बर—३ कान वडा अध्यक्ष शिव नारायण यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य डा. सूर्य प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो। भने दोश्रो जिल्ला स्तरीय फुटबल खेलका अध्यक्ष अफताब आलमको अध्यक्षतामा उद्घाटन कार्यक्रम सुरु तथा समापन भएको थियो ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ५५ सहित ट्रफी र प्ररमाणपत्र प्राप्त गर्नेछ्न । भने उप – विजेता टिमले नगद ३१ हजार १ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । फागुन १० गतेसम्म नकआउटको आधारमा हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।
प्रतिक्रिया