logo
  • २०८२ बैशाख १० | Wed, 23 Apr 2025
  • गौरामाजारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा धनगढीमाई र फत्तेपुर भिड्ने

    गौरामाजारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा धनगढीमाई र फत्तेपुर भिड्ने

    लोकेन्द्र प्रसाद यादब (भ्वाइस खबर):सप्तरीको बोदे बरसाईन नगरपालिकामा वडा नम्बर—३ गौरामा इक्रा युथ क्लवको आयोजनामा जारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा सिरहाको एफसी धनगढीमाइ र त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर सप्तरी भिड्ने भएका छन्।

    तस्बिर : भ्वाइस खबर

    तस्बिर : भ्वाइस खबर

    आज बुधबार भएको दोस्रो सेमिफाइनलमा आयोजक इक्रा युथ क्लव सारस्वरलाई १–० ले पराजित गर्दै त्रियुगा स्पोट्र्स कल्वले एफसी धनगढीमाई सिरहासँग फाइनलमा भेट पक्का गरेको हो ।

    अब प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार हुने खेलकुद समिति अध्यक्ष अफताव आलमले जानकारी दिनुभयो।

    फाइनखेलमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी प्रमुख अतिथिको रुपमा सहभागिता रहने आयोजकले जनाएको छ।
    इक्रा युथ क्लवको आयोजनामा प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ५५ सहित ट्रफी र प्ररमाणपत्र प्राप्त गर्नेछ्न । भने उप – विजेता टिमले नगद ३१ हजार १ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । नकआउटको आधारमा भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ७, बुधबार २१:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP