लोकेन्द्र प्रसाद यादब(भ्वाइस खबर):
बोदे बरसाईन:सप्तरीको बोदे बरसाईन नगरपालिकामा वडा नम्बर—३ गौरामा इक्रा युथ क्लवको आयोजनामा जारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधी त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर सप्तरीले उचालेको छ।
आज शनिबार भएको फाइनल खेल रोमाञ्चक बनेको थियो। निर्धारित समयमा एफसी धनगढीमाई सिरहा र त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर सप्तरीले दुबै टिम शुन्यको स्थितिमा रहेको थियो।
निर्धारित समयमा कुनैपनि टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा खेल खेलाएको थियो। पेनाल्टी सुटआउटद्धारा भएको खेलमा ४—३ गोलले त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर सप्तरी विजय भएको छ।
विजेता टिम स्पोट्र्स क्लब फत्तेपुर सप्तरीलाई ट्रफी, मेडल र प्रमाणपत्र साथै नगद पुरस्कार रु. ५१ हजार १ सय ५५ रुपैयाँ प्रदान गरिएको छ।
यस्तै उप – विजेता टिम एफसी धनगढीमाई सिरहालाई ट्रफी, मेडल र प्रमाणपत्र नगद पुरस्कार रु. ३१ हजार १ सय ५५रुपैँया प्रदान गरिएको छ।
विजेता, उप – विजेता टिमलाई पुरस्कार राष्ट्रिय खेलकुद परिषद् सदस्या आनन्द कुमार झा, नेपाली कांग्रेस बोदे बरसाईन नगर सभापति इन्जिनियर दिपेन्द्र कुमार यादव, वडा नम्बर—३ का वडा अध्यक्ष शिव नारायण यादवले संयुक्त रुपमा प्रदान गरेको थियो।
सो कार्यक्रममा अथिथिहरुमा बोदे बरसाईन नगरपालिका वडा नम्बर—२ का वडा अध्यक्ष रामप्रसाद राम,नेपाली कांग्रेस क्षेत्र नम्बर—४का क्षेत्रीय सचिव बासुदेव ठाकुर, तरणदल नगरसभापति राजकिशोर यादव, जसपा नेता अमरेन्द्र यादव , युवा अभियनता अनवर अली लगायतको उपस्थिति रहेको थियो।
इक्रा युथ क्लव सारस्वर तथा खेलकुद समिति अध्यक्ष अफताव आलमको अध्यक्षतामा खेल भएको थियो । आजको खेलको औपचारीक कार्यक्रमको उद्घोषण पत्रकार उमेश कुमार साहले गरेको थियो।
फाइनखेलमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी प्रमुख अतिथिको रुपमा सहभागिता रहने आयोजकले जनाएको छ।
नकआउटको आधारमा भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो।
यो पनी,
गौरामाजारी दोश्रो जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा धनगढीमाई र फत्तेपुर भिड्ने
प्रतिक्रिया