महेन्द्र सदा
पातो। सप्तरीको डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिशचितता तथा दिगोपना घोषणा कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य ताराकान्त चौधरी तथा नगर प्रमुख राम लखन मल्लाहको अध्यक्षतामा सम्पन्न भएको थियो।
१६ महिना देखि ५९ महिना सम्मको सबै वालवालिकहरुले १५ महिनाको उमेर भित्र राष्ट्रिय खाेप तालिका अनुसार पूर्ण खोप पाएको सुनिश्चितता गरिएको छ।
यस्तै नगर उपप्रमुख मिरा यादव, प्रमुख प्रशासकीय अधिकृत बिजय कुमार मण्डलको समेत उपस्थिति रहेको थियो।
सो अवसरमा उपस्थित पालिका र वडा समन्वय समितिका संयोजक तथा सम्पूर्ण स्वास्थ कर्मीहरु राजनीतिक दलका पदाधिकारीहरु स्वयमसेविका आमा समूह महिला सञ्जाल अपाङ्ग सञ्जाल दलित जनजाति पत्रकार एवम नगरवासीहरु आगामी दिनमा समेत अभियानको दिगोपाना कायम राख्ने प्रतिबद्धता जनाएको थियो।
प्रतिक्रिया