लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन। राजविराज स्थित रहेका गजेन्द्रनारायण सिंह अस्पतालमा सुधारका लागि इन्टेलेक्चुअल फाउण्डेशन नेपालका अध्यक्ष डा.सूर्य प्रसाद यादवले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अवधेश कुमार मिश्रलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्।
इन्टेलेक्चुअल फाउण्डेशन नेपालद्वारा संचालित “शिक्षित राजविराज, विकसित राजबिराज” निर्माण अभियानको क्रममा फाउण्डेशनले गजेन्द्रनारायण सिंह अस्पतालको अवस्था खस्किनुका विभिन्न कारणहरु औंल्याएर ध्यानाकर्ष पत्र बुझाएको शिक्षाविद्व डा. यादवले बताउनुभयो।
इन्टेलेक्चुअल फाउण्डेशन नेपालले बुझाएका ध्यानाकर्षणपत्र
१. CU को समान खरिद भई सेवा सुचारू हुनुपर्नेमा ३ बर्ष देखि अस्पतालको गोदाममा अल्पत्र अवस्थामा थन्किरहेको,
२.यस अघि संचालनमा रहेको HDU सेवा लामो समयदेखि एउटा सुचनाको भरमा बन्द रहनु;
३.NICU मा पटक पटक आगलागिको घटना हुने गरेको र सोही बहानामा बन्द गर्नु;
४. OPD र ईमर्जेन्सी वार्डमा नेपाल सरकारले तोकिएको खाजा समय बाहेक चिकित्सकहरू नियमित रूपमा डयूटीमा खटिनुपर्नेमा त्यसो नदेखिनु, तर सोही समयमा केही चिकित्सकहरू निजि क्लिनिकमा भेटिनु;
५. अस्पतालले नियमित रूपमा औषधी खरिद गर्दै आएको देखिए पनि नेपाल सरकारद्वारा विमा सेवा र ईमर्जेन्सीको लागि तोकिएको औषधी विरामीले नपाउनु,
६. ल्यावको कर्मचारीहरू बाहिर ल्याब संचालन गरी उक्त ल्याबको परिक्षण अस्पतालको ल्याबबाट हुनुपर्ने।
७. अस्पतालको सरसफाईको अवस्था अत्यन्त नाजुक हुनु,
८. ईमर्जेन्सी वार्ड र वार्डको विरामीको सेवामा खटिने चिकित्सकहरूको ड्रेसिङरूमको अवस्था बस्ने लायक नहुनुको साथै ईमर्जेन्सी वार्डमा प्रवेश गर्ने र बाहिरिने बाटो समेत विरामीको लागि सहज नहुनु,
९. अस्पताल जस्तो संवेदनशील क्षेत्रमा करार सेवामा छिर्ने कर्मचारीहरूको छनौट राम्रो भन्दा हाम्रो मापदण्डबाट हुनु ।
उक्त ध्यानाकर्षणपत्रमा भनेको छ, यसरी हेर्दा राजविराजबासी सहित सप्तरी जिल्लाबासीकै आस्थाको केन्द्रको रूपमा रहेको एक मात्र संघिय गजेन्द्रनारायण सिंह अस्पताल दिन प्रतिदिन रेफर सेन्टरको रूपमा परिणत हुँदै गइरहेको छ, जुन तपाई हामी कसैको हितमा छैन । तसर्थ, मेडिकल सुपरिटेन्डेन्ट (मेसु)ज्यू सँग फाउण्डेशनको विशेष आग्रह तपाई मेसुको साथ साथै सप्तरी जिल्लाबासी पनि हुनुहुन्छ त्यसैले यो विषयहरूमा यथाशिघ्र कडा कदम चाल्न तपाईलाई विनम्र अनुरोध छ ।
ध्यानाकर्षणपत्र:

प्रतिक्रिया