logo
  • २०८२ कार्तिक २८ | Fri, 14 Nov 2025
  • विव्यस अध्यक्ष यादवको मृत्यु भएपछि चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

    विव्यस अध्यक्ष यादवको मृत्यु भएपछि चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

    राजविराज। प्रहरीको गोली लागी विव्यस अध्यक्ष लालु यादवको मृत्यु भएपछि राजगढ गाउँपालिकास्तरीय संघर्ष समिति गठन भएको छ ।

    दिपेन्द्र यादवको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । संघर्ष समितिले बुधबार साँझ प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको छ ।

    लालुलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) बिरेन्द्र कुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र एसपीलाई अबिलम्ब विभागीय कार्वाही गर्न माग ज्ञापनमा गरिएको छ ।

    लालु यादवको हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न, यादवलाई शहीद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन र सीमा क्षेत्रमा प्रहरी आतंक बन्द गरी शान्ति सुरक्षाका लागि प्रशासनद्वारा नियमित निगरानी गर्न माग गरिएको छ ।

    २४ घण्टाभित्र माग पूरा नभए थप आन्दोलन घोषणा गरिने ज्ञापनमा चेतावनी दिइएको संघर्ष समितिका संयोजक यादवले इग्रीन मधेशसँग बताए ।

    नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको भन्दै मंगलबार राति पुगेको प्रहरी टोलीले लालुमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो ।

    प्रहरीले मदिरा नियन्त्रणमा लिन जाँदा स्थानीयले ढुँगामुडा गरेपछि गोली चलाउनुपरेको बताएको छ भने मृतकका परिवारले नियन्त्रणमा लिई गोली चलाएको बताएको छ ।

    ज्ञापनपत्र सहित

    प्रहरीले चलाएको गोली लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षको मृत्युु , राजविराज दिनभर तनावग्रस्त

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1



    भ्वाइस खबर    
  • २०८२ श्रावण २१, बुधबार २२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP