logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • दश हाइकु

    दश हाइकु

    दश हाइकु

    तोमनाथ उप्रेती

    १.
    कानुन चुप छ आज,
    तोपको गर्जन बोल्छ
    सभ्यता रुन्छ।

    २.
    शक्ति नाङ्गो छ,
    नक्सामा रगत झर्छ
    देश बन्धक छन्।

    ३.
    साना राष्ट्रहरू,
    छायाँमा उभिएका
    इतिहास सास फेर्‍यो।

    ४.
    संयुक्त राष्ट्रको
    कागजमा शान्ति लेखिन्छ
    भूमिमा बारुद।

    ५.
    तेलको गन्धमा
    लोकतन्त्र हरायो
    सिंहासन धुवाँ।

    ६.
    असंलग्नताको
    पातलो डोरीमाथि
    कूटनीति नाच्छ।

    ७.
    सभ्य भन्ने शब्द
    आज बन्दुकले लेख्छ
    मसी रगत हो।

    ८.
    उपनिवेश मरे
    भन्ने भ्रम मात्रै थियो
    नाम फेरिएको।

    ९.
    इतिहास हेर्छ,
    तानाशाह मुस्कुराउँछ
    समय चुप छैन।

    १०.
    साना देशको
    एकमात्र हतियार
    धैर्य र सत्य।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष २४, बिहीबार ०७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP