logo
  • २०८३ जेष्ठ २८ | Thu, 11 Jun 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    .
    संविधान ठूलो
    कागजमा उडिरहेछ
    सेवा हरायो।

    .
    डिजिटल नेपाल
    नेट छैन गाउँतिर
    सपना लोडिङ।

    .
    सिंहदरबार रे
    फाइल अझै घुमिरहेछ
    जनता उड्यो।

    .
    जेन जेड चिच्यायो
    सिस्टम अपडेट छैन
    लाइक बढिरहेछ।

    .
    सुशासन गीत
    भ्रष्टाचारको रिमिक्स
    स्टेज खाली भो।

    .
    सेवा केन्द्रमा
    कर्मचारी निदाइरहे
    घण्टी बज्दैन।

    .
    नीति किताब
    पृष्ठमा मात्र परिवर्तन
    जीवन पुरानै।

    .
    बजेट भाषण
    आशा उड्ने रकेट रे
    भूमि खाली छ।

    .
    गाउँपालिका
    फाइल शहर घुमिरहेछ
    जनता कुर्छ।

    १०.
    पारदर्शिता
    क्यामेरामै बन्द रे
    अन्धकार गहिरो।

    ११.
    डिजिटल युग
    हस्ताक्षर अझै मसीमा
    स्क्रिन हाँसिरहेछ।

    १२.
    सेवा वाचा रे
    लाइन अझै लामो छ
    टोकन हरायो।

    १३.
    राजनीति खेल
    जनता मात्र बल हुन्छ
    स्टेडियम बन्द।

    १४.
    सिंहदरबारको
    एसीभित्र योजना
    गाउँ तातिरहेछ।

    १५.
    जेन जेड पोस्ट
    ह्यासट्यागले शासन हल्लायो
    फाइल स्थिर छ।

    १६.
    संघीय सपना
    तीन तहको जालमा
    जनता हरायो।

    १७.
    भ्रष्टाचार गीत
    माइक्रोफोन ठूलो छ
    सत्य मौन भो।

    १८.
    सेवा डिजिटल
    पासवर्ड बिर्सिएछ
    काम रोकियो।

    १९.
    विकास दौडियो
    कागजमा मात्रै रे
    धूलो बाँचिरहेछ।

    २०.
    जनताको आशा
    रकेट जस्तै उड्छ रे
    तर फर्किँदैन।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ २८, बिहीबार २१:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP