logo
  • २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

     

     तोमनाथ उप्रेती

     

    १.
    दम्भको छायाँ
    सत्य मौन हुँदै जान्छ
    हृदय अन्धकार।

    २.
    म ठूलो भन्छ
    करुणा टाढा सर्छ रे
    मानव हराउँछ।

    ३.
    अहंको आगो
    इमान जल्दै जान्छ यहाँ
    नैतिक राख बन्छ।

    ४.
    मात्र म देख्छ
    अरू पीडा हराउँछ
    समाज रुन्छ।

    ५.
    दम्भको स्वरले
    विनम्रता चुप हुन्छ
    आत्मा खाली छ।

    ६.
    झूटले जित्छ
    सत्य थिचिन्छ यहाँ
    न्याय हराउँछ।

    ७.
    अहंको पहाड
    हृदय सानो बनाउँछ
    प्रेम टुट्छ रे।

    ८.
    म सर्वश्रेष्ठ
    भ्रमको बादल बन्छ
    ज्ञान अन्धो छ।

    ९.
    नियम तोडिन्छ
    स्वार्थले बाटो लिन्छ
    इमान ढल्छ रे।

    १०.
    दम्भ बढ्दै जान्छ
    सम्बन्ध टाढा हुन्छ
    एक्लोपन छ।

    ११.
    नेता अहंकारी
    संस्था रोगी बन्छ
    जनता रुन्छ।

    १२.
    छवि चम्किन्छ
    भित्र खालीपन बग्छ
    आत्मा हराउँछ।

    १३.
    सामाजिक जाल
    दम्भले गाँसिएको
    विश्वास टुट्छ।

    १४.
    विनम्रता बिर्से
    मानवता हराउँछ
    शून्य जीवन।

    १५.
    दम्भ झरेपछि
    सत्य फेरि बोल्छ रे
    प्रकाश आउँछ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण २९, शुक्रबार २०:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP