logo
  • २०८२ असार २ | Mon, 16 Jun 2025
  • मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ

    मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ

    विराटनगर मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणीचोकमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६०नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।
    दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार ४५ वर्षीया भवानी मेहताको उपचारको क्रममा आइतबार मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
    घाइते अवस्थामै उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। तर उपचारका क्रममा साँझ ७ः१) बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
    मोटरसाइकल चालक मृतकको छोरा २३ वर्षीय रमेश मेहता रहेका छन् । उनीलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा प्रयोग गरिएको मोटरसाइकल ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
    नियन्त्रणमा रहेका छोरालाई प्रहरीले सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ ४, आईतवार २१:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP