logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • मण्डको ज्वालामा जल्दो विवेक(कविता)

    मण्डको ज्वालामा जल्दो विवेक(कविता)

    घमण्डको ज्वालामा जल्दो विवेक(कविता)

    तोमनाथ उप्रेती

    घमण्डले आज फेरि
    विवेकलाई चिया पिलायो
    चिनी बढी
    सत्य बिना।

    “म नै बुद्धिमान,”
    भन्दै ऐनामा भाषण दियो
    ऐनाले ताली बजायो
    किनकि ऐना पनि
    सरकारी नियुक्ति थियो।

    पदको कुर्सीमा बसेको अहंकार
    सोफासेटजस्तै नरम थियो
    तर निर्णयहरू
    ढुंगाजस्तै कठोर।

    विवेकले प्रश्न गर्‍यो
    “के म गलत छु?”
    घमण्ड हाँस्यो
    “गल्ती त अरूले गर्छन्।”

    धनले टोपी लगाइदियो
    शक्तिले चश्मा
    ज्ञानले माइक
    अब नदेख्ने, नसुन्ने
    तर निरन्तर बोल्ने व्यवस्था।

    नम्रता ढोकाबाहिर उभिई
    पास छैन।

    अन्त्यमा विवेक खरानी भयो
    घमण्डले भाषण गर्‍यो
    “म जलेको छैन,
    म त चम्किएको हुँ।”

    र समाजले ताली बजायो
    किनकि ताली बजाउनु
    अझै सुरक्षित थियो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ ७, बुधबार २०:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP