हाइकुहरू
तोमनाथ उप्रेती
१
गोली रोकिन्छ अब
इस्लामावादको छायाँमा
शान्ति काँपिरहेको
२
ट्याङ्कको मौनता
कूटनीति बगिरहेछ
सीमा सास फेर्छ
३
तेहरान मौन छ
वासिंटन गणना गर्छ
समय युद्ध हो
४
समुद्र चुपचाप
हर्मुजको डर बाँचेको
तेलले रुन्छ
५
राजधानीहरू
अदृश्य तार हल्लिन्छन्
सत्ता फुसफुस
६
वार्ताको टेबल
नक्साजस्तै च्यातिन्छ
हस्ताक्षर डर
७
सिपाही सपना
कूटनीति छायाँ बने
रगत रोकिन्छ
८
सीमाना काँप्छ
शब्दहरू गोली बन्छन्
शान्ति घाइते
९
मध्यस्थ हात
दुई आगो बीच उभिन्छ
विश्व सास अड्क्छ
१०
युद्ध रोकिएको
तर आकाश अझै भारी
भविष्य मौन
प्रतिक्रिया