हाइकुहरू
१ विश्व फेरियोचेतनाको सीमानासंस्कृति जाग्यो।
२ सत्ता बदल्योमन फेरिन बाँकीयात्रा अधुरी।
३ डिजिटल आँधीविचारको आकाशमासत्य खोजिँदै।
४ एल्गोरिद्मलेमनका बाटा कोर्योविवेक बोलोस्।
५ बजार ठूलोमान्छे ग्राहक बन्दैमन रित्तियो।
६ राष्ट्र उभियोसंस्कृतिको मेरुदण्डआत्मविश्वास।
७ युद्धको धुवाँपुस्तकभन्दा बन्दुकविश्व रोइरहे।
८ स्क्रिन उज्यालोमनभित्र अँध्यारोप्रश्न हराए।
९ जनआन्दोलनसंस्कार नफेरिँदासपना थाके।
१० शब्दले जितोस्घृणाको भीडभन्दामानवता नै।
११ वर्गको पीडापहिचानसँगै बाँचोस्न्याय फुलोस्।
१२ श्रमका हातलेभविष्य लेखिरहेदेश मुस्कायो।
१३ पुरानो रूखनयाँ पालुवा फुल्योमूल नटुटोस्।
१४ सत्यको दीपसूचना आँधीबीचशान्त जलिरहे।
१५ संस्कृति बाँच्योराजनीति टिकिरह्योजनविश्वास।
१६ भाषाको फूलमाटोको सुवाससँगराष्ट्र सुगन्ध।
१७ कृत्रिम बुद्धिमानवीय स्पर्श बिनाज्ञान अधुरो।
१८ स्वार्थको भीडसहकार्य खोजिरहेसमाज जागोस्।
१९ आलोचनालेउज्यालो बनाउँछमौन होइन।
२० परिवर्तनकोबीउ चेतनामै छभोलि हरियालो।
प्रतिक्रिया