logo
  • २०८२ कार्तिक २८ | Fri, 14 Nov 2025
  • माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासमक्ष उजुरी

    माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासमक्ष उजुरी

    काठमाडौँ। रौतहटस्थित माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत इन्जिनियर नागेन्द्रप्रसाद यादवविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

    निमित्त प्रमुख यादव अनियमिततामा मुछिएको भन्दै छानबिन गर्न नेपाली कांग्रेसका मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडासमक्ष उजुरी दिएका हुन् ।

    उजुरीमा गौर नगरपालिकामा दरबन्दी रहे पनि यादवलाई काजमा माधवनारायण नगरपालिका ल्याएर निमित्त कार्यकारी प्रमुख बनाइएको उल्लेख गरिएको छ ।

    ‘माधवनारायण नगरपालिकामा उपसचिव तहको व्यक्तिको दरबन्दी भएको ठाउँमा प्रशासकीय अधिकृत समेत नपठाई त्यहाँ नगरपालिकाको कार्यालयले गैरकानुनी तवरले नियुक्ति भएको कर्मचारीलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको र उक्त स्थानीय निकायमा भ्रष्टाचार समेत भइरहेको अवस्था देखिएको छ,’ उजुरीमा गुप्ताले लेखेका छन् ।

    उजुरीमा उनले निमित्त कार्यकारी प्रमुख यादवलाई काममा रोक लगाउन र उपसचिव तहको व्यक्तिलाई कार्यकारी प्रमुख बनाएर खटाउन माग गरेका छन् ।

    उजुरी बुझेपछि सभापति खतिवडाले समिति सचिवलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छानबिन गरी दोषी देखिए आवश्यक कारबाही गर्न लेखि पठाउन निर्देशन दिएका छन् । यस्तो छ उजुरी

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र २९, शुक्रबार १२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP