logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • सप्तरी प्रहरीले दाजुको हत्या आरोपी भाईलाई २० बर्षपछि गरे पक्राउ

    सप्तरी प्रहरीले दाजुको हत्या आरोपी भाईलाई २० बर्षपछि गरे पक्राउ

    राजविराज। सप्तरी प्रहरीले २० बर्षअघि दाजुको हत्या गरेको आरोपमा सप्तरीबाट एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका- ३ बस्ने उमेश रजक छन् ।

    विस. २०६१ माघ १ गतेमा उमेश र उनका दाजु गणेशीबीच कुटपिट भएको थियोे । कुटपिटबाट गम्भीर घाइते भएका गणेशीकाे उपचारका क्रममा मृत्यु भएको थियो ।

    सप्तरी प्रहरीका अनुसार घटनापछी फरार रहेका उमेशलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको छ ।

    जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

    मंगलबार पक्राउ परेका उमेशलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २३, बुधबार १३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP