logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • लहानबाट लागूऔषध कारोबारमा संल्गन पक्राउ

    लहानबाट लागूऔषध कारोबारमा संल्गन पक्राउ

    सिरहा।सिरहा प्रहरीले लागूऔषध कारोबारमा संल्गन एक जनालाई गोप्य सुचनाको आधारमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. १९ का २२ बर्षीय मो. नसरुल रहेको सिरहा प्रहरीले जनाएको छ।

    सिरहा प्रहरीका अनुसार मोटरसाईकलमा एक जना पुरुष व्यक्तिले लागु औषध बोकि गईरेहको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहान सिराहाबाट संयुक्त प्रहरी टोली खटीगई उक्त मोटरसाईकललाई पछ्याउने क्रममा लहान नगरपालिका वडा नं. ४ कुमाल टोलबाट स ५ प ७४३ नं. को मोटरसाईकल र जुटको बोरा फालि फरार भएकोमा उक्त बोरा खोलि हेर्दा निलो रङ्गको प्लाष्टिक भित्रओनेक्स सिरप लेखिएको सय ग्रामको एक सय तिरानन्बे बोतल लागु औषध फेला परेका प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवान घटना स्थलबाट मोटरसाईकल र जुटको बोरा फालि तत्काल फरार भएकोमा खोजतलास तथा पहिचान गरी लहान नगरपालिका वडा नं. ७ स्थित लहान बजारबाट मो. नसरुललाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट अनुसन्धान कार्य भईरहेको जानकारी दिनुभयो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २१, बुधबार २०:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP