युद्धका पातहरू
पानीका बूँदहरू
ढाल बनेर खसे
रातो घामको किरनमा
घाम–छायाँ युद्ध सुरु भयो।
शर्टको बाहुला च्यात्दै
स्कट्टी शैफ्लरले हातमा लिएको
क्लब होइन, त्यो तरवार थियो,
हरेक बर्डीहरू उसका गोला थिए,
अनि हरियो घाँसका मैदानहरू
युद्धको मोर्चा।
रोयल पोरट्रशका हावाहरू
उसको श्वाससँग लड्दै थिए,
तर ऊ हाँस्थ्यो,
अनि हरेक पुट्टमा युद्ध हुन्छ,
बर्डीमा विजय हुन्छ।
उसको आँखा लक्ष्यमा खनिन्थ्यो
जसरी धनुषमा तानिएको तीर।
फिट्जप्याट्रिक, हर्मन, म्याकइलोरे—
ती युद्धका अर्को पंक्तिका सेनानी,
हावा, पानी, घामसँग युद्ध लड्दै,
अनि सपनालाई
क्लारेट जगको स्वर्णमुकुटमा साट्दै।
बाढी आउँदा जस्तो
हावा गुन्जिदा जस्तो
फुटेका हाँसो, रुदन र जयजयकारबीच
पोरट्रशले देख्यो—
समान अवसरका मैदानमा
हिम्मत र धैर्यको युद्ध।
कसैले लडे पेनाल्टीको गहिराइमा,
कसैले लडे १० फुटको पुट्टमा युद्ध हुन्छ,
बर्डीमा विजय हुन्छ।
कसैले लडे ३५ फुट टाढाबाट।
हरेक युद्धको मोर्चा फरक थियो,
तर युद्ध एउटै—
स्वप्नलाई इतिहास बनाउनको लागि।
रातो र हरियो झण्डाहरू भिजे पानीमा,
हावाले बोकेर लगे प्रतिस्पर्धाको धून,
त्यहाँ थिए,
रगत बिना युद्ध लड्ने योद्धाहरू,
घामसँग लड्दै, बादलसँग हाँस्दै।
किनकि,
गोल्फ युद्ध होइन,
तर हरेक श्वास युद्ध हो,
हरेक पुट युद्ध हो,
हरेक बर्डी विजयघोष हो।
र जब क्लारेट जग उठ्छ,
त्यो युद्ध जितेको होइन,
तर आकाशलाई जितेको हुन्छ,
हावालाई जितेको हुन्छ,
र, आफैंलाई जितेको हुन्छ।
प्रतिक्रिया