logo
  • २०८३ असार १ | Mon, 15 Jun 2026
  • कविता: शक्ति, तेल र ‘उदार लोकतन्त्र’

    कविता: शक्ति, तेल र ‘उदार लोकतन्त्र’

    कविता: शक्ति, तेल र ‘उदार लोकतन्त्र’
    तोमनाथ उप्रेती

    सुनको सिंहासनमा बस्यो
    अमेरिकी बाज
    हावामा उडायो
    लोकतन्त्रको मजा।

    धेरै राष्ट्रले सोचे
    “समानता!”
    सैन्य ट्याङ्क र ड्रोनहरू
    बजाउँछन् गित
    ‘शान्ति स्थापना’
    भन्छन् रेडियो र समाचारमा।

    जनता सुन्छन् विस्फोटको गीत
    राष्ट्रपतिले मुस्कान बोक्छन् फोटोमा।

    डाटा, बिट र पिक्सेलमा
    बन्यो नयाँ उपनिवेश,
    इंटरनेटको हावा
    ‘मित्र राष्ट्र’ले पायो अनुशासन,
    ‘दुष्ट राष्ट्र’ले पायो
    नाकाबन्दीको भोक।

    वैचारिक कवच लगायो
    ‘उदार लोकतन्त्र’,
    व्यापारमा गले तेलको महक।
    मानव अधिकारको झोला
    बन्यो सजिलो खेल।

    साना राष्ट्रहरू खेलाडी,
    महाशक्तिको बिस्कुटमा चुस्काइ।

    ब्रिक्स, चीन, रुसले उठाए भित्ता,
    अमेरिकाको गोदाममा फ्याँके माटो।
    तर डलर अझै चम्किन्छ,
    चम्किलो हँसिलो।
    केही परिवर्तन?
    हाँ, थोपा मात्र!

    सैनिक युद्ध होइन,
    अब डिजिटल हल्ला।
    सोशल मिडियामा जालो,
    “स्वतन्त्रता र लोकतन्त्रको रक्षा!”
    तर भित्र देखिन्छ
    हाहाकार र नाच।

    सतर्क राष्ट्रले भन्छ—
    “सन्तुलन खोजौं!”
    न्याय र शक्ति,
    हास्य र विलाप,
    साँच्चै एउटै पकडमा बाँधिएका छन्।

    जबसम्म हाँसोको पर्दा
    तल झर्नेछ,
    विश्वले देख्नेछ
    समानताको उज्यालो?
    वा केवल डलरको चमक।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ १९, सोमबार ०९:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP