logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • सप्तकोसीमा पानीको बहाव बढ्यो, कोसी ब्यारेजमा खतरा

    सप्तकोसीमा पानीको बहाव बढ्यो, कोसी ब्यारेजमा खतरा

    सप्तरी। सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

    सप्तकोसीमा मंगलबार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको बताए। सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ।

    भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ। कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानीय शिक्षक सन्तोष चन्द्रबंसीले बताएका छन्।

    उनले सप्तकोसीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोसी आसपासका सर्बसाधारणको अवस्था सहज बनाइदिन सरकारसँग माग गरेका छन्।

    सप्तकोसीमा सोमबारदेखि नै पानीको बहाव निरन्तर बढिरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए। उनले कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोर सहितको नेपाल प्रहरी, सशस्त्र प्रहरस् र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको बताए। यादवले कोसी आसपासका जनतालाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ श्रावण १७, मंगलवार ०८:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP