लहान। लहानबाट सुन चाँदी पसलमा डाँका गर्ने योजना बनाउने आरोपमा एक भारतीय तीन नेपाली सहित ४ जानालाई सिरहा प्रहरीको पक्राउ गरेको छ।
लहान नगरपालिका वडा नम्बर— ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स सुन चाँदी पसलमा डाँका गर्ने योजना बनाएको गोप्य सूचना प्रहरीलाई पसलका संचालक विकास कुमार शारदाले उपलब्ध गराएका थिए। शारदा जिल्ला उद्योग बाणिज्यसंघ सिरहाका अध्यक्ष समेत हुन्।
भारत पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर वडा नं. ७ बस्ने निरोज भन्ने मेहराज मोन्डल र जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नम्बर—८ का ४५ बर्षीय ईन्दल भन्ने इन्द्र नारायण चौधरी, लहान नगरपालिका वडा नम्बर— २२ का ३१ बर्षीय भैरव भन्ने देव कुमार मुखियालाई मंगलबार जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले लहान—७ बाट पक्राउ गरेको हो।भने अर्का अभियुक्त लहान नगरपालिका वडा नम्बर—४ बस्ने ४१ बर्षीय दिनेश विश्वकर्मालाई विहीबार पक्राउ गरेको सिरहा प्रहरीले जनाइएको छ।
विकाश ट्रेडर्स सुन चाँदी पसलका संचालक लहान नगरपालिका वडा नम्बर— ७ बस्ने ४५ बर्षीय विकास कुमार शारदाको जाहरीले
जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासमान अनुसार उनीहरुलाई नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
प्रतिक्रिया