logo
  • २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • हाइकुहरू

    तोमनाथ उप्रेती
    उपसचिव, नेपाल सरकार

     

    १.
    भित्र उज्यालो
    विश्वहृदय बिस्तार
    एकता गहिरो।

    २.
    आत्म जागरण
    सीमाहीन चेतनामा
    मानव बन्छ एक।

    ३.
    शून्य मन भित्र
    करुणा बगिरहन्छ
    संसार जोडिन्छ।

    ४.
    भय हराउँदै
    चेतना खुल्छ आकाश
    हृदय मिल्छ।

    ५.
    अहं टुटेर
    समूह आत्मा बन्छ
    विश्व मुस्कान।

    ६.
    मौन ध्यानमा
    सत्यको धड्कन सुन्छ
    मानवता उठ्छ।

    ७.
    अन्धकार भित्र
    दीपजस्तो चेतना
    विश्व उज्यालो।

    ८.
    सीमा गल्दैछ
    मानव एक नदी हो
    समुद्र बन्छ।

    ९.
    आत्माको आगो
    सबैलाई छुन्छ यहाँ
    एकता जन्म।

    १०.
    समय पग्लिँदा
    हृदय एउटै बन्छ
    शान्ति फैलिन्छ।

    ११.
    भित्री यात्रा
    बाहिर संसार बिर्सिन्छ
    सत्य खुल्दैछ।

    १२.
    चेतना बिस्तार
    धरती आकाश मिल्छ
    हामी एक हौं।

    १३.
    मौन स्पन्दन
    हृदयहरू जोडिन्छन्
    प्रेम बगिरह।

    १४.
    अहंको मृत्यु
    नयाँ जन्म चेतनामा
    विश्व उज्यालो।

    १५.
    आत्म दीपक
    सबै अँध्यारो हराउँछ
    मानव जाग्छ।

    १६.
    करुणा बग्छ
    सीमाहीन नदीजस्तै
    विश्व स्नान।

    १७.
    भित्र आकाश
    बाहिर पनि खुल्छ अब
    एकता झल्क।

    १८.
    शान्त मन भित्र
    समुद्रको ध्वनि सुन्छ
    संसार हराउँ।

    १९.
    चेतनाको शिखर
    मानवता उक्लिँदै
    हृदय मिल्छ।

    २०.
    भित्री उज्यालो
    विश्व हृदय एउटै
    शान्ति अनन्त।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ ३०, शनिबार १०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP