logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • कार्यसम्पादन मुल्याङ्कनमा मधेश प्रदेशमा ठोरी गाउँपालिका प्रथम

    कार्यसम्पादन मुल्याङ्कनमा मधेश प्रदेशमा ठोरी गाउँपालिका प्रथम

    मधेश प्रदेशका स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कमजोर देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले १७ वटा सुचकको आधारमा सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा एक सय अंक भार व्यवसथा गरेकोमा कुनैपनि स्थानीय तहले ९० प्रतिशत पनि अंक भार समेत प्राप्त गर्न सकेन।
    भ्वाइस खबर संवाददाता
    बोदे बरसाईन। मधेश प्रदेशका सबै स्थानीयतहमा गरिएको कार्यसम्पादन मूल्यांकनमा पर्साका ठोरी गाउँपालिका ७१.२ अंक भार सहित प्रदेशकै प्रथम गाउँपालिका भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये ठोरी गाउँपालिका प्रथम देखिएको हो।
    यस्तै पर्साकै पटेर्वा सुगौली गाउँपालिका ६३.५ अंक सहित कार्य सम्पादन मुल्याङ्कनमा दोस्रो भएको छ।भने ६२.४ अंक सहित बाराका प्रसौनी गाउँपालिकामा राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले १७ वटा सुचकको आधारमा सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा तेस्रो भएको हो।

    सप्तरीमा १८ स्थानिय तह मध्ये कार्यसम्पादन मूल्यांकनमा बलान बिहुल र बोदे बरसाईन मात्र ५० प्रतिशतअंक  भार कटाउन सके

    सप्तरीको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कमजोर देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले १७ वटा सुचकको आधारमा सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा एक सय अंक भार व्यवसथा गरेकोमा कुनैपनि स्थानयितहले राम्रो नतिजा ल्याउन सकेन।

    बलानबिहुल गाउपालिका कार्यसम्पादन तथा मुल्यांकनमा स्थानिय तहको लागि तोकिएको कार्यसम्पादनका सुचकहरू पूरा गरेको आधारमा जिल्लाकै पहिलो स्थानिय तह बनेको छ ।
    प्रदेश तथा स्थानिय तहको कार्यसम्पादन मुल्यांकन भार तथा राष्ट्रिय प्राकृतिक स्रोत बित आयोग द्वारा जारी गरेको सुची अनुसार बलानबिहुलले कुल १०० अंक भारमा ५५.९ अंक प्राप्त गरी सप्तरीको १८ वटा स्थानिय तह मध्ये पहिलो स्थान प्राप्त गरेको हो ।

    यसैगरी तोकिएको कार्यसम्पादन सुचक अनुसार बोदेबरसाईन नगरपालिकाले ५१.८ अंक भार ल्याई दोस्रो पालिका बनेको छ । तेस्रो स्थानमा सुरूगां नगरपालिकाले ४९.५ अंक प्राप्त गरेको छ ।

    त्यस्तै चौथोमा अग्नि साईरकृष्णा संवरण गाउपालिका ४७.९ अंक, कंचनरूप नगरपालिका ४७.३ अंक हनुमाननगर कंकालनी ४७.१ अंक, खडक नगरपालिका ४६.३ अंक, महादेवा गाउपालिका ४६.१ राजगढ गाउपालिका ४६.० अंक प्राप्त गरेको छ ।

    सप्तकोशी नगरपालिका ४२.२ अंक, बिष्णुपुर गाउपालिका ४१.८ अंक, शंभुनाथ नगरपालिका ३७.९ अंक, तिरहुत गाउपालिका ३७.६ अंक, राजबिराज नगरपालिका ३६.९ अंक, रूपनी गाउपालिका ३२.३ अंक, छिन्न्मस्ता गाउपालिका ३२.० अंक, डाक्नेश्वरी नगरपालिका २९.८ अंक र तिलाठी कोईलाडी गाउपालिकाले २९.० अंक प्राप्त गरी १८ औ स्थानमा रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ३, शनिबार २३:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP