बोदे बरसाईन। सप्तरीको कुसहा— मौवहा—बेल्ही सडक खण्डमा बलान बिहुल गाउँपालिका वडा नम्बर—२ चन्ही चौक देखि दक्षिण कलर्भटमा ह्युमपाइप फुटेर बिच सडकमै खाल्डो परेर सडक दुर्घटना भई रहेको थियो।

सो सडकमा थप दुर्घटना रोक्न गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा गाउँ प्रहरीको सहयोगमा स्लाव राखी मर्मत गरेको छ।
सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहाबजारदेखि बलानबिहुल गाउँपालिकामा पर्ने भारतीय सिमावर्ती क्षेत्र बेल्हीसम्म करीब साढे १६ किलोमिटरसम्मको सो सडक अहिले जिर्ण बनेको छ। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत सो सडक बनेको थियो।
प्रतिक्रिया