logo
  • २०८२ फाल्गुन २८ | Thu, 12 Mar 2026
  • असार १५ भित्र भुक्तानी कागजात पेश गर्न पूर्वाधार विकास कार्यालय सप्तरीको सरोकारवलालाई आग्रह

    असार १५ भित्र भुक्तानी कागजात पेश गर्न पूर्वाधार विकास कार्यालय सप्तरीको सरोकारवलालाई आग्रह

    लोकेन्द्र प्रसाद यादव

    बोदेबरसाईन। पूर्वाधार विकास कार्यालय राजविराज सप्तरीले चालु आर्थिक वर्ष २०८१/०८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानी प्रक्रिया समयमै पूरा गर्न निर्माण व्यवसायी, उपभोक्ता समिति र सरोकारवालालाई तोकिएको समयसीमाभित्र आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ।

    निमित्त कार्यालय प्रमुख संजीव कुमार साह र लेखा प्रमुख बिरेन्द्र प्रसाद साहले सूचना जारी गर्दै आर्थिक वर्ष समाप्त हुनु एक हप्ता अघि नै आर्थिक कारोबार बन्द हुने व्यवस्था रहेको भन्दै असार १५ गतेभित्र कागजात दर्ता गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्।

    महालेखा नियन्त्रक कार्यालयको निर्देशन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (७) र (८) अनुसार, तोकिएको समयसीमा भित्रै कार्यसम्पादन र भुक्तानी प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ।

    सोही अनुरूप, सम्झौता भएका योजनाका भुक्तानीका लागि आवश्यक कागजातहरू भुक्तानी निवेदन, विल, भरपाई, अनुसूची फाराम, मूल्यांकन विललगायत यस कार्यालयमा असार १५ गतेभित्र अनिवार्य रूपमा बुझाउन भनिएको हो।

    साहले  तोकिएको म्यादभित्र कागजात नपुगेमा कार्यालय जवाफदेही नहुने स्पष्ट पार्दै त्यसको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समिति, साइट इन्जिनियर वा निर्माण व्यवसायीले स्वयं वहन गर्नु पर्ने जानकारी गराएका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ७, शनिबार २२:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP