logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • रिलायवल नेपाल लाइफ इन्सुरेन्स राजविराज शाखाद्वारा अभिकर्ता सम्मान र तीज विशेष कार्यक्रम सम्पन्न ।

    रिलायवल नेपाल लाइफ इन्सुरेन्स राजविराज शाखाद्वारा अभिकर्ता सम्मान र तीज विशेष कार्यक्रम सम्पन्न ।

    राजविराज सप्तरी – रिलायबल नेपाल लाइफ इन्सुरेन्स राजविराज शाखाले आज आर्थिक वर्ष ८१/८२ मा उत्कृष्ट काम गरेका अभिकर्ताहरूलाई सम्मान गरेका छन्। सप्तरीको सदरमुकाम राजविराज वडा नम्बर ११ अवस्थित आसिया पार्टी प्यालेसमा यो कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्सुरेन्सका १७५ जना एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो। यस कार्यक्रममा वर्षभरि उत्कृष्ट कार्य गरेका एजेन्सी म्यानेजरहरूलाई सम्मानपत्र, दोसल्ला र इन्सेन्टिभ सहित सम्मान गरेका छन्। यस रिलायबल नेपाल लाइफ इन्सुरेन्स राजविराज शाखामा पुरुषको तुलनामा झन्डै ८०% महिला अभिकर्ता र एजेन्सी म्यानेजर रहेको छ। मधेस प्रदेशकै उत्कृष्ट शाखामा राजविराज शाखा पर्ने गरेको छ।  यस राजविराज शाखाका वरिष्ठ एजेन्सी म्यानेजर अनवर अली र सन्तोषी चौधरीद्वारा केक काटिएको थियो। उहाँहरू दुवैजना यस शाखाका उत्कृष्ट अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर हुन्। अनवर अलि यस संस्थामा स्थापना कालदेखि नै जुडेका हुन् र उहाँ हरेक वर्ष वरिष्ठ एजेन्सी म्यानेजरको अवार्ड पाउँदै आइरहनुभएको छ । रिलायबल नेपाल लाइफ इन्सुरेन्स अहिले हरेक कुरामा अबल देखिन्छ। अहिले रिलायबल नेपाल लाइफ इन्सुरेन्स आफ्नो निजी लगानीमा खाने तेल उत्पादन केन्द्रको स्थापना चितवनमा गरेका छन्। उक्त खाने तेल शुद्ध तोरीबाट र एकचोटि मात्र पेलेर उत्पादन गरेको तेल हो यो तेलको झन््डै रु. ४४० रुपिया रहेको छ अरु तेलको तुलनामा महगो भए पनि स्वास्थ्यको लागि धेरै नै राम्रो तेल हो यस संस्थाका शाखा प्रबन्धक प्रमुख कल्याणराज हलवाईले जानकारी गराए र सम्पूर्ण एजेन्सी म्यानेजरहरूलाई एकएक लिटर तेल पनि वितरण गरेका छन् साथै रिलायबल नेपाल लाइफ इन्सुरेन्स राजबिराज शाखाका दिदीबहिनीहरूले तीज विशेष कार्यक्रम शुभकामना आदानप्रदान समेत नाच गान गरेर सम्पन्न गरेका छन्। यस कार्यक्रमका संयोजक वरिष्ठ एजेन्सी म्यानेजर अनवर  अलि ,प्रमुख अतिथि यस संस्थाका प्रदेश प्रमुख मनोज दाहाल, यस संस्थाका शाखा प्रबन्धक प्रमुख विशिष्ट अतिथि कल्याण राज हलुवाइ, यस शाखाका शाखा प्रबन्धक पवनकुमार शाह , अन्डर राइटिङ डिपार्टका बालकृष्ण मण्डल र कर्मचारी सञ्जना सिंह , सन्तोषी चौधरी ,अभिलेखा चौधरी, रन्जना चौधरी आफ्नोआफ्नो मन्तव्य राखेका थिए र उद्घोषिकाको रूपमा रन्जना चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र ५, बिहीबार २०:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP