logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • सुरुङ्गा नगरपालिकाको १६ औं हिउँदै अधिवेशन सम्पननः समुन्नत नगर बानाउने लक्ष्य

    सुरुङ्गा नगरपालिकाको १६ औं हिउँदै अधिवेशन सम्पननः समुन्नत नगर बानाउने लक्ष्य

    लोकेन्द्र प्रसाद यादव
    बोदेबरसाईन। सप्तरीको सुरुङ्गा नगरपालिकाको नगर सभा सोह्रौं नगरसभा(हिउँदै अधिवेशन
    ) शुक्रबार श्री रा.प्रा.वि कनकपुरको सभाहलमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । बैठक सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गिता चौधरीको अध्यक्षतामा बसेको थियो।
    बैठकमा सुरुङ्गा नगरपालिकाको उपप्रमुख तथा नगर सभाको उपाध्यक्ष रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सदस्य सचिव विकास सुनदास, नगर सभा सदस्यहरू, नगर कार्यपालिकाको कार्यालयका प्रतिनिधिहरू तथा सुरुङ्गा नगरपालिकामा कार्यरत कर्मचारीहरूको उपस्थिती रहेको थियो।
    बैठकमा नगर प्रमुख एवं सभाका अध्यक्ष गिता चौधरी नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सो कार्यक्रममा बोल्दै नगर प्रमुख गिता चौधरीले समुन्नत नगर बानाउन नगरवासीको चाहानालाई सम्बोधन गर्न चालू आर्थिक वर्षका लागि संशोधित कार्यक्रम प्रस्तुत गरेको बताइन् । उनले १५ औं नगरभाबाट तय भएका लक्ष्यलाई साकार पार्न आवश्यक बजेट र योजना संशोधनको प्रस्ताव सभा सदस्यहरुको सहमतिमा ल्याएको स्पष्ट पारे।
    त्यस्तै उपप्रमुख रुद्र बहादुर कार्की द्वारा चालु आ.व. २०८२/०८३ को हाल सम्मको कार्यक्रमको समीक्षा प्रस्तुत गरेका थिए। जस अनुसार पन्ध्रौ नगरसभा बैठकबाट चालु आ.व २०८२/०८३ मा आन्तरिक आयतर्फ रु.१३ करोड ३७ लाख ८२ हजार बयानब्बे रुपैयाँ र अल्या रु. ५ करोड १२ लाख नौ हजार दुई सय सन्तानब्बे रुपैयाँ भएकोमा अल्या तथा प्राकृतिक स्रोत उपयोग कर बाहेक नगरपालिका र वडा बाट हाल सम्म संकलन भएको आन्तरिक राजश्व रु ६१ लख ९८ हजार आठ सय सरसट्टि रुपैयाँ, रहेको छ ।
    यस्तै चालु आ.व २०८२/०८३ मा कुल विनियोजित बजेट रु ७६ करोड ९९ लाख ,३२ हजार १९२ (अक्षेरुपी छयत्तर करोड उनान्सय लाख बत्तिस हजार एक सय बयानब्बे रुपैयाँ मध्ये हालसम्म रु. १८ करोड ६९ लाख ५१ हजार तीन सय चालिस रुपैयाँ मात्र ) २४.२८% खर्च भएको छ । चालु तर्फ कुल विनियोजित बजेट रु ४९ करोड ८१ लख ६ हजार दुई सय पचहत्तर मध्य रु.१६ करोड ६३ लाख ९४ हजार एक सय एकहत्तर सत्र पैसा मात्र) ३३.४% र पुँजिगत तर्फ विनियोजित रकम रु.२७ करोड १८ लाख २५ हजार नौ सय सत्र रुपैयाँ मध्ये रु. २ करोड १८ लाख २ हजार तिन सय दुई रुपैयाँ मात्र)७.७९% खर्च भएको छ ।

    यस्तै सुरुङ्गा नगरपालिकाको गौरवको आयोजनामा रहेको प्रशासनीक भवन,भारतीय सरकार र सुरुङ्गा पालिकाको साझेदारीमा नगरपालिकाको वडा नं १ स्थित शिसवारी क्याम्पसको भवन निर्माण कार्य, १५ शैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा रहेको नगर प्रमुख गिता चौधरीले जानकारी दिनुभयो। यस्तै चालु आ.व.मा वजेट विनियोजन भई ठेक्का मार्फत संचालन गरिएका विभिन्न योजनाहरुको कार्य द्रुत गतिमा अगाडी बढेको कुराको जानकारी नगर सभा सदस्यहरुलाई जानकारी गराईन्।
    नगरपालिका क्षेत्र भित्र स्थापना भई संञ्चालित विभिन्न व्यवसायहरुलाई कानूनी एवं करको दायरामा ल्याउने सरोकारवालाहरुलाई पत्रचार गर्ने कार्यलाई तीव्रता दिइएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष २५, शुक्रबार २२:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP