हाइकुहरू
तोमनाथ उप्रेती
१.
बीउ रोपौं मन
सदाचारको फूल फुलोस्
राष्ट्र उज्यालो।
२.
भ्रष्टताको छायाँ
मनबाट हटोस् सबै बेला
विश्वास दीप जलोस्।
३.
पद होइन सेवा
आचरणले देखाओस्
नीति बने नेक।
४.
कर्मको शुद्धता
विचारको उज्यालो छर
सुशासन टल्कोस्।
५.
निष्ठाको बीज
हृदयमा जब पलाउँछ भने
राष्ट्र जाग्छ स्वयम्।
प्रतिक्रिया