बोदेबरसाईन। जनता समाजवादी पार्टी (जसपा) नेपाल सुरुङ्गा नगरपालिकाको मेयरका उम्मेदवार साविर अली हुसेन पार्टीको सम्पूर्ण संगठनसहित रााष्ट्रिय स्वतन्त्र पार्टीमा मंगलबार प्रवेश गरेका छन् । रास्वपा सुरुङ्गा नगर कमिटिको कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा रास्वपाका सप्तरी क्षेत्र– ४ का उम्मेदवार सिताराम साहले हुसेनलाई खादा, माला, अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।
हुसेनले आफूसँगै सुरुङ्गा नगरपालिकास्थित जसपा नेपालका सम्पूर्ण संगठनसहित रास्वपामा प्रवेश गरेको बताएका छन् । उनले यस पालिकामा रहेको जसपाको ५ हजारभन्दा बढी मत अब राष्ट्रिय स्वतन्त्र पार्टीका सप्तरी क्षेत्र ४ का उम्मेदवार सिताराम साहलाई मतदान गर्ने बताएका छन् ।
कार्यक्रममा रास्वपाका नेता तथा निर्माण व्यवसायी विजय साहले सप्तरी क्षेत्र– ४ मा रास्वपाका उम्मेदवार साहलाई अत्यधिक मतले विजय गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
सप्तरी क्षेत्र ४ स्थित खडक, बोदेबरसाईन र सुरुङ्गा नगरापलिका र बलानबिहुल नगरापलिकामध्ये सबभन्दा बढी मत सुरुङ्गा नगरपालिकाबाट उम्मेदवार साहलाई प्रदान गराउने निर्माण व्यवसायी साहले प्रतिबद्धता जनाएका हुन् ।
विज्ञापन

प्रतिक्रिया