हाइकुहरू
तोमनाथ उप्रेती
१.
मतदाताको जागर
स्वतन्त्र सोचले भरिन्छ
देशको भविष्य।
२.
आचारसंहिता
नियमको मार्गदर्शन
लोकतन्त्र बलियो।
३.
झुठा प्रचार फैलिए
सत्य ढाकिन्छ हलचलमा
जनविश्वास कमजोर।
४.
सचेत नागरिक
निर्वाचनको प्रहरी
ध्वनि उजागर।
५.
स्रोतसाधन दुरुपयोग
भ्रष्ट नेता फाइदा खोज्छ
जनमत हराउँछ।
६.
डिजिटल प्लेटफर्म
सत्य–झूठ मिश्रित छ
अनुगमन जरुरी।
७.
मतदाता सोच्दछ
नेतृत्वको नीति देखेर
देश अघि बढ्छ।
८.
पैसा प्रधान चुनाव
जनहित अल्झिन्छ
नीति छायामा।
९.
न्याय, पारदर्शिता
कानुनको शासन बल
लोकतन्त्र टिक्छ।
१०.
सत्य पत्रकारिता
जनताको आवाज सुनाउँछ
विश्वास बढाउँछ।
११.
भ्रष्टाचारको मुहान
चेतनाशील नागरिकले
अवरुद्ध गर्छ।
१२.
नेता स्वार्थभन्दा
माथि उठेर देशको सेवा
सफल शासन गर्छ।
१३.
मौन मतदाता
कमजोर नेतृत्व स्वीकार
अराजकता बढ्छ।
१४.
निर्वाचन दिवस
हरेक मत मूल्यवान छ
देशनिर्माणको।
१५.
लोकतन्त्र स्थिर
नैतिकता र चेतनामा
देश चम्किन्छ।
प्रतिक्रिया