ईष्या व्यवस्थापबाट अन्तर्मनको निर्मलता र आत्मचेतनाको अभ्यास
तोमनाथ उप्रेती,
उपसचिव, नेपाल सरकार
ईष्या मानिसको मनोविज्ञानमा असर पार्ने एक शक्तिशाली भावना हो। यो भावना कुनै व्यक्तिको सफलता, खुशी वा समृद्धिमा अरूको अनावश्यक हस्तक्षेप वा असमानता को अनुभवमा उत्पन्न हुन्छ। ईष्याले मानिसलाई मात्र असन्तुष्ट र दुःखी बनाउने काम गर्दैन, यसले जीवनमा गम्भीर नकारात्मक परिणाम पनि ल्याउन सक्छ। ईष्या मानिसको मानसिक स्वास्थ्य, सम्बन्ध र जीवनको गुणवत्तामा नकारात्मक प्रभाव पारेर एक प्रकारको आत्मघाती प्रवृत्तिमा परिणत हुन सक्छ।
जीवन जिउनु पनि एउटा कला हो र यो कलामा हामी कसरी निपुण बन्ने भन्ने कुरा आफैमा भर पर्छ, जीवन जिउने तरिका धेरै छन्, तर जुन आधारभूत छ, त्यसैको अभाव भयो भने जीवन नै भारी हुन्छ र मृत्युको खोजी सुरु हुन्छ ।सकारात्मकताले हामीलाई राम्रो छनोटतर्फ डोर्याउँछ जबकि नकारात्मक मनोवृत्तिले हाम्रो बुद्धिमत्तालाई कमजोर बनाउँछ र सीमित गर्दछ।प्रायः भन्ने गरिन्छ ईष्या दुर्गुण हो, गर्नुहुँदैन । हामी कोही पनि ईष्या नगरी बस्न सक्दैनौँ । विगतमा पनि यस्तै भएको थियो, वर्तमानमा पनि त्यस्तै भएको छ र यस्तै अवस्था रहे भविष्यमा पनि हुने त्यस्तै हो । जोजसले ईष्या गर्नुहुन्न भन्ने गरेका छन् उनीहरूले नै सकेका छैनन्, सकेका हुँदैनन् ।
अहंकार, लोभ र ईष्या मानव मनका मुख्य विकार हुन्। यी भावनाहरूले व्यक्तिगत मानसिक शान्ति भत्काउँदैनन्, सामाजिक सम्बन्धमा कटुता, द्वेष र आक्रामक व्यवहार जन्माउँछन्। दुर्योधनको ईर्ष्या वा कैकयीको ईष्याले रामको जीवनमा उत्पन्न गरेको कलहले स्पष्ट देखाउँछ कि ईष्या समाजमा पनि विनाशको बीउ बोकेको हुन्छ।
वेद र गीता अनुसार, वास्तविक समाधान बाह्य साधनमा होइन, आन्तरिक अभ्यास र आत्म-नियन्त्रणमा छ। ध्यान, योग, आत्मनिरीक्षण, कर्मयोग र भक्ति अभ्यासले मात्र ईष्या कम हुन्छ, मन निर्मल र समाज प्रति जिम्मेवार बन्न मद्दत गर्छ। जेन जी पुस्ताले यदि आफ्नो मन स्थिर, इच्छाशक्ति बलियो र आत्मिक शान्ति स्थापित गर्छ भने, उनीहरू सकारात्मक उदाहरण, नैतिक नेतृत्वकर्ता र सामाजिक परिवर्तनका प्रेरक बन्न सक्छन्।
आन्तरिक शुद्धता र मानसिक स्थिरता व्यक्तिगत विकासको लागि होइन, समाजमा शान्ति, मेलमिलाप र सहिष्णुता स्थापना गर्नको लागि पनि आवश्यक छ। ईष्या नियन्त्रण, आन्तरिक शान्ति र जिम्मेवार सामाजिक व्यवहार जेन जी पुस्ताको सामाजिक प्रतिबद्धता र भविष्य निर्माणको मूल आधार हो। यसरी मात्रै व्यक्तिगत र सामाजिक जीवनमा स्थिरता, शान्ति र समृद्धि सुनिश्चित हुन्छ।
मानव जीवनमा ईष्या एउटा अत्यन्त जटिल मानसिक अवस्था हो, जसले व्यक्तिको आन्तरिक शान्ति र सामाजिक सम्बन्ध दुवैलाई गम्भीर रूपमा प्रभावित गर्छ। वेदान्त दर्शन र भगवद्गीताले ईष्यालाई जीवनको अन्धकारमय शक्ति मान्छन्। भगवद्गीताको श्लोक २.६१ अनुसार, सुख-दुःखमा अस्थिर रहने र राग, द्वेष, ईर्ष्या तथा क्रोधबाट पीडित व्यक्ति शान्ति र विवेक प्राप्त गर्न असमर्थ हुन्छ। ईर्ष्या वा ईष्या नै क्रोध र द्वेषको जरा हो, जसले हिंसा र आक्रामक व्यवहार जन्माउँछ।
वेदान्त दर्शनले भन्छ कि अहंकार, लोभ र ईष्या मानव मनका मुख्य विकार हुन्। दुर्योधनको पाण्डवहरूप्रति ईर्ष्याले केवल व्यक्तिगत पीडा मात्र होइन, सामाजिक विभाजन, भाइचारा नाश र राजनैतिक अस्थिरतामा पनि विनाश ल्यायो। ईष्या उत्पन्न हुनुको कारण व्यक्ति भित्रको असुरक्षा, तुलना र अपरिपूर्णता बोध हो। जब व्यक्ति अरूको सफलतामा ध्यान केन्द्रित गर्छ र आफूलाई त्यससँग तुलना गर्छ, तब ईर्ष्या पैदा हुन्छईष्या जन्मजात गुण हो,जो जन्मसँगै आएको छ र जीवनभर सँगै बसेको छ उसलाई छाड्न सकिने कुरै हुँदैन । यसलाई न कसैले भनेको भरमा छाड्न सकिन्छ न छाड्छु भनेको भरमा नै छुट्ने गर्छ । कसैले मैले छाडेको छु भन्छ भने ठाने हुन्छ उसले कि सरासर झुट बोलिरहेको छ कि अभिनय गरिरहेको छ । मनभित्र चाहिँ ईष्याको भारी लुकाएर राख्ने मुखले भने छाडेको छु भन्नु भनेको पाखण्ड हो, ढोँग हो । गीतामा कृष्णले यस्तै आशय व्यक्त गरेका छन् तर रूपान्तरण भने गर्न सकिन्छ । रूपान्तरण गर्न सके वा जाने सद्गुण बनेर सुख दिन्छ नजाने वा नसके दुर्गुण बनेर दुःख दिन्छ वश फरक यति हो । जब मानिसले अरूको सफलतामा ईष्या गर्न थाल्छ, त्यसले आत्म-संस्कार र आत्मविश्वासमा कमी ल्याउँछ। यसले अविश्वास र असुरक्षाका भावना जन्माउँछ, जसका कारण व्यक्तिको मानसिक शान्ति विघटित हुन्छ। मानिसले अरूको जीवनलाई आफूसँग तुलना गर्न थाल्छ, जसले गर्दा आत्म-मूल्यमा गिरावट आउँछ र व्यक्तिगत विकासमा अवरोध उत्पन्न हुन्छ।
असुरक्षाको भावले ईष्या उत्पन्न गर्दछ, जसले हामीलाई आफ्ना जीवनसाथी वा मित्रप्रति शंका र डरमा डुबोउँछ। जब साथी अरूसँग समय बिताउँछन्, हामीलाई यो डर लाग्छ कि उनी हामीलाई छोडेर जान सक्छन्। यसले हाम्रो मानसिक शान्ति हराउँछ र सम्बन्धमा असमझदारी ल्याउँछ। हामी जति ईष्यालु हुन्छौं, साथीहरू त्यति टाढिन चाहन्छन्। तर, जब हामीलाई थाहा हुन्छ कि हामीले अरूसँग पनि प्रेम गर्न सक्छौं, ईष्या कम हुन्छ र सम्बन्धमा विश्वास र माया बढ्छ। ईष्या एक नकारात्मक भावना हो, जसले सम्बन्धमा समस्या ल्याउँछ, तर आत्मविश्वासले यसलाई घटाउन मद्दत गर्दछ।
मिथकमा रामायणको प्रसंग लिन सकिन्छ। कैकयीले राम प्रतिको ईर्ष्याले भरिएर भरतलाई सिंहासनमा बसाउने योजना बनाइ, अन्ततः सम्पूर्ण राजपरिवारमा तनाव र कलहको श्रृंखला उत्पन्न गर्यो। यो उदाहरणले देखाउँछ कि ईष्या केवल व्यक्तिमा होइन, सम्पूर्ण समाजमा हिंसा र अस्थिरता निम्त्याउन सक्छ।
ईष्याको अर्को गम्भीर असर यसको व्यक्तिका सामाजिक सम्बन्धहरूमा नकारात्मक प्रभाव हो। ईष्या भएका व्यक्तिहरू प्रायः अरूसँगको सम्बन्धमा विषाक्तता ल्याउँछन्। उनीहरूको मनमा कटुता र द्वेष बढ्न थाल्छ, जसले मित्रता र पारिवारिक सम्बन्धलाई खतरामा पार्न सक्छ। यस्तो अवस्थामा, ईष्याले मानिसलाई एकल रूपमा परिणत गर्ने सम्भावना बढाउँछ, र सामाजिक समर्थनको अभावमा जीवन अझ कठिन बन्छ। ईष्या मानिसको जीवनमा मानसिक र शारीरिक स्वास्थ्यमा समस्या ल्याउँछ। यो तनाव, चिन्ता र डिप्रेशनको कारण बन्न सक्छ। तनावले शारीरिक स्वास्थ्यमा पनि नकरात्मक असर पुर्याउन सक्छ, जसले स्वास्थ्य समस्याहरू र लामो समयको नोक्सान निम्त्याउन सक्छ। ईष्याले एक व्यक्तिको जीवनलाई भावनात्मक, मानसिक र शारीरिक रूपमा समाप्त पार्न सक्छ, र यसको निवारणका लागि आत्म-स्वीकृति, सहनशीलता र सकारात्मक सोचको आवश्यकता छ।
ईष्याका विभिन्न रूप हुन सक्छन्। हामी एक्लो छौं भने कुनै जोडी देखेर ईष्याका विभिन्न रूप हुन सक्छन्। हामी एक्लो छौं भने कुनै जोडी देखेर ईष्याले भरिन सक्छौं वा अरुसँग सम्बन्धमा भैरहेको कसैसँग आकर्षित हुन सक्छौं। खासमा यो डाहा हो। हामी चाहन्छौं, त्यो व्यक्तिको माया वा ध्यान आफूप्रति आकर्षित होस्। अथवा, त्यस्तै खालको राम्रो सम्बन्ध मेरो पनि होस्। दुवै मामिलामा हामी आफूसँग नभएको कुरालाई लिएर डाहाले जल्छौं। यसले आफूमा भएको कमीकमजोरी र कमजोर आत्मसम्मानका धेरै जटिलताहरू सतहमा ल्याइदिन्छ।
ईष्या नियन्त्रण र हिंसा न्यूनीकरण समाजमा शान्ति, मेलमिलाप र समृद्धिको आधार हो। यदि हरेक व्यक्तिले आफ्नो मनलाई अनुशासित, निर्मल र दया-सहिष्णु बनाएर सामाजिक व्यवहार गर्न थाले, तब दुर्योधनको मिथकजस्तो विनाशकारी घटनाहरू पुनः दोहोरिन सक्दैनन्। वेदान्त दर्शनले यही मार्ग देखाउँछ हिंसा र आक्रामकता हटाउने मुख्य औजार अन्तर्मनको निर्मलता र आत्मचेतनाको अभ्यास हो।
प्रतिक्रिया