logo
  • २०८३ आश्विन ४ | Sun, 20 Sep 2026
  • सप्तरीमा २१ क्विन्टलभन्दा बढी गाँजासहित दुई जना पक्राउ

    सप्तरीमा २१ क्विन्टलभन्दा बढी गाँजासहित दुई जना पक्राउ

    लोकेन्द्र यादव

    बोदेबरसाईन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर टोलबाट २१ क्विन्टलभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    ‎पक्राउ पर्नेमा स्थानीय ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया छन् ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा शनिबार मध्यराति स्थानीयको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जाानकाारी दिए ।

    सप्तरी प्रहरीका अनुसार सदाको घरबाट ५६ वटा पोकामा १ हजार ८ सय ३८.८७० किलोग्राम र मुखियाको घरबाट ८ वटा पोकामा २ सय ६१.५०० किलोग्राम गाँजा बरामद भएको छ। दुवै घरबाट गरी कुल २ हजार १ सय ००.३७० किलोग्राम अर्थात् २१ क्विन्टल ३७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

    बरामद गाँजा कहाँबाट ल्याइएको थियो र यसको ओसारपसार तथा भण्डारणमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ आश्विन ४, आईतवार १२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP