राजबिराज । २०७९ सालको स्थानीय तह निर्वाचनमा बोदेबरसाईन नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर ५ हजार २८० मत प्राप्त गरेका नेपाली कांग्रेसका नगर सभापति ईन्जिनियर दीपेन्द्र कुमार यादवले जनताको विश्वासलाई उपलब्धिमा बदल्ने संकल्प व्यक्त गरेका छन्।
” निर्वाचनमा प्राप्त मतलाई केवल राजनीतिक मत नभई नगरवासीले दिएको स्नेह, विश्वास र अमूल्य उपहारका रूपमा लिएको बताउँदै यादवले बोदेबरसाईन नगरपालिकाको समग्र विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका हुन्। ”
अहिले नगरका विभिन्न गाउँ–टोलमा पुग्दा स्थानीयवासीका समस्या, विकासका सम्भावना र जनअपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएको उनको भनाइ छ। नगरको विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र आम नगरवासीबीच सहकार्य आवश्यक रहेको उनले बताए।
यादवले बोदेबरसाईनलाई समृद्ध र विकसित नगरपालिका बनाउन साझा प्रयास र सामूहिक संकल्प आवश्यक रहेको उल्लेख गर्दै विकासको यात्रामा सबैलाई एकजुट हुन आह्वान गरेका छन्।
नेपाली कांग्रेस बोदेबरसाईन नगर कार्यसमितिका सभापतिसमेत रहेका यादवले नगरमा स्थानीयतह निर्वाचन लक्षित छलफल तिव्र बनाएको छ । उनलेे जनतासँगै रहेर नगरको विकास र समृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया