मिर्चैया। उदयपुर प्रहरी कटारी नगरपालिका- १ बेलसाेतबाट विहान सिद्धिचरण लोकमार्गमा चेकजाँच गर्ने क्रममा अबैध भन्सार छलीको सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
मिर्चैयाबाट कटारी तर्फ आउँदै गरेकाे बा ३ ख ३९६ नम्बरको मिनि ट्रकबाट प्रहरीले बिना बिलको २४५ काटुन ईण्डियन डिउ बरामद गरेको हो। उक्त सामानको अनुमानित मूल्य रु. ३ लाख १७ हजार ५२० बराबर हुने बताइएको छ।
ट्रक चालक सिन्धुली फिक्कल गाउँपालिका–५ का २९ वर्षीय भेषनाथ लुईटेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको मिनि ट्रक, ईण्डियन डिउ र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय, सिरहा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
केहिदिन अघि मिर्चैयामा पनि कर छलीकाे सामानहरू सहित बाेलेराे पक्राउ परेकाे थियाे । कर छलेर ल्याईएकाे ईन्डियन ड्यू बेचेर अवैध व्यापारीले ठूलाे नाफा लिने गरेका छन् । अहिले सम्म कटारीमा अवैध कर छलीकाे सामाग्री कसले ल्याईरहेकाे छ अनुसन्धान भईरहेकाे छ । कटारीमा अवैध सामान भित्राउने गिराेह नै हुन सक्ने आशंका छ ।
प्रतिक्रिया