लोकेन्द्र यादव
सप्तरीमा रहेका कोशी पम्प नहर सिंचाइ प्रणाली, कोशी पश्चिमी वितरण नहर सिंचाइ प्रणाली र चन्द्र नहर सिंचाइ प्रणालीको नहर क्षेत्र भित्र नहरको स्वामित्वमा रहेका सार्वजनिक जग्गाको अतिक्रमणहरू हटाइने भएका छन् ।
नहरका जग्गाहरु विभिन्न व्यक्तिहरुद्वारा अतिक्रमण गरि घर टहराहरु बनाइएको, घाँस लगाइएको, दलहन वाली लगाइएको, रुख-विरुवाहरु लगाइएको जस्ता कार्य गरेको देखिएकोले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र हटाउन कोशी पम्प नहर सिंचाइ ब्यवस्थापन कार्यालय राजबिराजले सार्वजनिक सूचना प्रकाशन गरेका छन् ।
कार्यालयले मिति २०८२ चैत्र १६ गते नहरका उपभोक्त तथा सर्वसाधारण लक्षित गरि नहरमा विभिन्न किसिमको फोहर फाल्ने, चर्पि एवं अन्य ढल निकासको पानी नहरमा खसाल्ने जस्ता कार्यहरु भई रहेको ठहर गर्दै कार्यालयले नहर कमाण्ड क्षेत्र भित्र यस्तो कुनै किसिमको गतिविधि, हानी नोक्सानी, क्षति पुऱ्याउने कार्य नगर्न हुन र उक्त अवधि भित्र जग्गा खालि नगरेको खण्डमा नेपाल सरकारको प्रचलित कानून वमोजिम कारवाही हुने कार्यालयले जनाएको छ।

तस्बिर : भ्वाइस खबर
नहरको जग्गाहरू अतिक्रम भएपछि कृषकहरूलाई सिंचाइ गर्न र खेतमा ट्राक्टरहरू लैजान अफ्ठयारो भई रहेको छ ।
यता नहरको जग्गाहरूको अतिक्रमण हटाउन स्थानीयतहले पनि सहयोगी भूमिकामा रहनु पर्ने कृषकहरूको मांग रहेका छन् ।
सूचना :

प्रतिक्रिया