logo
  • २०८२ माघ १३ | Tue, 27 Jan 2026
  • सरस्वती बजारका संस्थापक स्व. छत्र नारायण यादवकोशालिक शिलान्यास

    सरस्वती बजारका संस्थापक स्व. छत्र नारायण यादवकोशालिक शिलान्यास

    लोकेन्द्र प्रसाद यादव

    बोदे बरसाईन। सप्तरीको बालन बिहुल गाउँपालिका वडा नम्बर -१ मल्हनियाँ स्थित गाउँपालिकाको प्राङ्गणमा राजनीतिकर्मी स्व. छत्र नारायण यादवको शालीक शिलान्यास सोमबार गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले गरेका छन्।

    तत्कालीन मल्हनियाँ गाविसका अध्यक्ष समेत रहेका स्वर्गीय यादवले स्थानीय कृषकले उत्पादन गरेको कृषि सामग्री बजारीकरण गर्न माघ शुक्ल पञ्चमीका दिन सरस्वती बजारको स्थापना वि.सं. २०५२ सालमा गर्नुभएको थियो।

    मुखिया जी नामबाट चर्चित स्व. यादव सदभावना पार्टीबाट राजनीति सुरु गरेका थिए। उनी वि.सं. २०४२,२०४८ र २०५४ साल गरि तीनपटक तत्कालीन मल्हनियाँ गाविसको प्रधानपन्चमा निर्वाचित हुनु भएको थियो । तत्कालीन मल्हनियाँ गाविसमा हालको बालन बिहुल गाउँपालिकाकाे वडा नम्बर-१,२ र सुरूङ्गा नगरपालिकाको वडा नम्बर-११ केहीँ भाग रहेको थियो।

    तस्बिर : भ्वाइस खबर।

    स्व. छत्र नारायण यादवको जन्म विस. १९९१ साउन २६ मा र मृत्यु २०८० भदौ २४ गते भएको थियो।यादव सामान्य जीवनशैली मनपराउनुका साथै सामाजिक कार्यहरुमा निकै सक्रिय रहदै आउनु भएको थियो ।

    शालिक शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले स्व. छत्र नारायण यादव (मुखिया) को शालिकले गरिब बन्चित, विभेदमा परेका वर्गको लागि शक्ति जगेर्ना गर्न प्रेरित गर्ने बताए।


    सो शालिक शिलान्यास कार्यक्रममा बलान बिहुल गाउँपालिका वडा नम्बर- १ का वडा अध्यक्ष रामकुमार यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव मण्डल र स्थानीयहरूको उपस्थिति थियो। शालिक निर्माणका लागि रू. सात लाख बजेट छुट्टयाइएको गाउँपालिकाले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २२, मंगलवार १०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP