logo
  • २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • शम्भुनाथ नगरपालिका निमित्त मोह: प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मन्त्रालयलाई पत्र

    शम्भुनाथ नगरपालिका निमित्त मोह: प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मन्त्रालयलाई पत्र

    राजविराज। सप्तरीको शम्भुनाथ नगरपालिकाको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइएको छ।
    उपसचिवको दरबन्दी रहेका शम्भुनाथ नगरपालिकामा शाखा अधिकृत सुतिहारलाई राख्न जनप्रतिनिधिहरू अग्रसर हुनु सुशासनलाई चुनाैती दिनु हो।

    नगरपालिका श्रोतका अनुसार सुतिहारले जनप्रतिनिधिलाई कमाएर दिने आश्वासन दिएपछि नगर कार्ययालिकाको निर्णय गरि सरुवा रोक्न मन्त्रालयलाई पत्र पठाएको हो ।

    शाखा अधिकृत रहेका सुतिहालाई सामान्य प्रशासन मन्त्रालयले गत चैत १७ गते उपसचिवको दरबन्दीमा सरुवा गरेका थिए।

    कर्मचारी आन्दोलनको क्रममा, असार २५ गते राति नगरपालिकामा कुटपिटको घटना पनि भएको थियो। यस घटनाले कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। एक कर्मचारी, नाम नखुलाउने शर्तमा भनेका छन्, “हामीले काम गर्दा सुतिहारको दबाब सहन गर्नुपरेको छ। यसले हाम्रो
    कार्यसम्पादनमा नकारात्मक प्रभाव पारिरहेको छ।”

    निमित्त प्रमुख प्रशासकीय अधिकृत सुतिहारको क्रियाकलापले कर्मचारीहरूमा असन्तोष र आक्रोश पैदा गरेको छ । सरकारी स्रोतका अनुसार, “सुतिहारले गैरकानुनी रुपमा भुक्तानीका लागि कर्मचारीहरूलाई अनावश्यक दबाब दिन थालेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १३, मंगलवार २२:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP