logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • बोदे बरसाईनबाट गाँजा सहित स्कार्पियो गाडी प्रहरीको नियन्त्रणमा

    बोदे बरसाईनबाट गाँजा सहित स्कार्पियो गाडी प्रहरीको नियन्त्रणमा

    लोकेन्द्र प्रसाद यादव 

    बोदे बरसाईन। सप्तरी प्रहरीले बोदे बरसाईन नगरपालिका वडा -३ हुलाकी राजमार्गको बिहुल पुल भन्दा १०० मिटर पूर्वबाट गाँजा सहित स्कार्पियो गाडी सप्तरी प्रहरीले नियन्त्रणमा लिइएको छ। सो स्कार्पियोबाट ३० वटा पलाष्टिक बोराबाट ७ क्विन्टल ११ किलोग्राम गाँजा बरामद गरेको हो।

    बलान बिहुल-२ चन्ही चा‌ैकबाट – बोदेबर्साईनतर्फ आउने हुलाकी सडक खण्डमा दुईवटा गाडी रोकेर गाँजा झारी रहेको अवस्थामा प्रहरी चाैकी मौवाहाबाट प्रहरी सहायक निरीक्षक हेमन्त कुमार तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र .१-०२-००२ च ५८३४ न.को स्कार्पियो गाडीको चालक गाडी र गाँजा छाडी अर्को  नम्बर नखुलेको स्कार्पियो चढी फरार भएको जिल्ला प्रहरी सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।

    फरार स्कार्पियो चालकको खोजतलास भईरहेको गाँजा र स्कार्पियो गाडीको आवश्यक कार्वाहीको लागि थप अनुसन्धान भई रहेको तथा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २६, शनिबार १३:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP