logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • बिद्यालयमा टिकाउन छात्रछात्रालाई झोलासहित शैक्षिक सामग्री प्रदान

    बिद्यालयमा टिकाउन छात्रछात्रालाई झोलासहित शैक्षिक सामग्री प्रदान

    लोकेन्द्र प्रसाद यादव
    बोदेबरसाईन।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, शाखा कार्यालय पातो सप्तरीले डाक्नेश्वरी नगरपालिका वडा नम्बर-१० स्थित श्री हिरा फेकनी माध्यमिक विद्यालयका कक्षा ४,५ मा अध्यनरत छात्रछात्रालाई शैक्षिक सामग्री र स्कुल ब्याग प्रदान गरिएको हो।

    सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालय अध्यनरत एक सय नाै जना छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको पातो शाखा प्रबन्धक विशाल श्रेष्ठले जानकारी दिनुभयो।

    विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै गरिएको यस सहयोगले गुणस्तरीय शिक्षासँगै छात्रछात्रालाई विद्यालय प्रति आकर्षित गर्ने लक्ष्य राखिएको बैंकको भनाइ छ।

    डाक्नेश्वरी नगरपालिका वडा नम्बर-१० का वडा अध्यक्ष कुंजीलाल चाैधरीले सिटिजन्स बैंकप्रति आभार व्यक्त गर्दै विद्यालयमा शैक्षिक सामग्रीले प्रदानले विद्यार्थीहरूको विद्यालयप्रति आकर्षण बढने र यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “हामीजस्ता ग्रामीण विद्यालयमा यस्ता सहयोगले ठूलो अर्थ राख्छ,” वडा अध्यक्ष चौधरीले भनाइ रहेको छ।

                                                                    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कलस्टर प्रमुख प्रकाश नेपाल, प्रधानाध्यापक सुरेश यादव, सहायक  प्रधानाध्यापक अरबिरन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ३१, मंगलवार ०६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP