बिचार
डा.सूर्य प्रसाद यादव
राजविराज। देश चलाउन एउटा सरकारी कामकाजको भाषा भए पुग्ने तर ८ जिल्ला भएको मधेस प्रदेश चलाउन मधेस सरकारलाई तीनवटा भाषाले पनि नपुग्ने भयो। यो सरकार आखिर कुन कुन प्रभुलाई खुश पार्न कसम खाएको छ ।
कृतिम रूपमा कृएट गराएर भाषालाई राजनीतिक रुप दिन खोजिएको मधेसी भाषा बाहेक मधेसमा बोलिने सबै भाषा भाषी प्रती मेरो उच्च सम्मान छ। म्धेशमा बोलीने भाषा मैथली,भोजपुरी,थार लगायतका भाषाको संरक्षण सम्बर्धन हुनुपर्ने ठाउँमा नयाँ भाषाको खोजीमा अल्झनु उपयुक्त हुदैँन
मधेस प्रदेशका सबै भाषाभाषीमा मेरो विशेष आग्रह पहिला एउटा दुई ओटा सबल भाषाबाट अभ्यास थालौ, हतार नगरौं । जति भोक लागे पनि आखिर खाने एउटै हातले त हो नी। फरक प्रसंगमा म के भन्न चाहन्छु कि लाभको पद पाउनकै लागि आफ्नो मातृभाषा रातारात छोडेर अरूले निर्दिष्ट गरेको अनुसार अर्को भाषालाई अंगाल्ने कुरा मबाट हुँदैन । हुन त हिजोसम्म मैथिलीको ओकालत गर्ने केही विशिष्ट व्यक्तित्वहरु मधेसी भाषा अंगाले बापत मधेस नीति आयोग लगायतका ठाउँहरुमा जागिर खाइरहेका छन । जुन आम्दानीको हिसाबले ठिक भए पनि नैतिकताको हिसाबले कदापि ठिक होइन ।
मैथिलीमा एउटा कहावत छ, बबाजी क बेल हाते हाते गेल, यो अवस्था सृजना गर्नेहरुलाई पहिचान गरि समयमा मधेशीहरुले सचेत गराउनै पर्छ।

प्रतिक्रिया