logo
  • २०८३ भाद्र २५ | Thu, 10 Sep 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

    तोमनाथ उप्रेती

    १.

    ईर्ष्याको आगो
    मनभित्र सल्किरह्यो
    शान्ति हरायो।

    २.

    अरूको उज्यालो
    आफ्नो छायाँ बढाउँदै
    हृदय जल्छ भित्र।

    ३.

    तुलनाको रोग
    मनलाई खोक्रो बनायो
    सन्तोष हरायो।

    ४.

    हासो देखेर
    मनमा चिसो डढेलो
    ईर्ष्या बर्सिन्छ।

    ५.

    अरूको सफल
    आँखामा पीडा बन्छ
    मन रोइरहेछ।

    ६.

    चुपचाप मनमा
    डाहको बादल घुम्छ
    सूर्य ढाकिन्छ।

    ७.

    आफू नदेखी
    अरू हेर्ने बानीले
    शान्ति टुटाउँछ।

    ८.

    ईर्ष्याको छायाँ
    आफ्नै बाटो हरायो
    अन्धकार बढ्छ।

    ९.

    सन्तोष नभए
    मन सधैं खाली हुन्छ
    डाह उम्रिन्छ भित्र।

    १०.

    मायाको ठाउँमा
    डाहको काँडा उम्र्यो
    हृदय दुख्छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण ३०, शनिबार १२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP