logo
  • २०८३ कार्तिक १३ | Thu, 29 Oct 2026
  • विचार/ब्लग

    ईष्या व्यवस्थापबाट अन्तर्मनको निर्मलता र आत्मचेतनाको अभ्यास तोमनाथ उप्रेती, उपसचिव, नेपाल सरकार ईष्या मानिसको मनोविज्ञानमा असर पार्ने एक शक्तिशाली भावना हो। यो भावना कुनै व्यक्तिको सफलता, खुशी वा समृद्धिमा अरूको अनावश्यक हस्तक्षेप वा असमानता को अनुभवमा उत्पन्न हुन्छ। ईष्याले मानिसलाई मात्र असन्तुष्ट र दुःखी बनाउने काम गर्दैन, यसले जीवनमा गम्भीर नकारात्मक परिणाम पनि ल्याउन सक्छ। ईष्या मानिसको मानसिक स्वास्थ्य, सम्बन्ध र जीवनको गुणवत्तामा नकारात्मक प्रभाव पारेर एक प्रकारको आत्मघाती प्रवृत्तिमा परिणत हुन सक्छ। जीवन जिउनु पनि एउटा कला हो र यो कलामा हामी कसरी निपुण बन्ने भन्ने कुरा आफैमा भर पर्छ, जीवन जिउने तरिका धेरै छन्, तर जुन आधारभूत छ, त्यसैको अभाव भयो भने जीवन नै भारी हुन्छ र मृत्युको खोजी सुरु हुन्छ ।सकारात्मकताले हामीलाई राम्रो छनोटतर्फ डोर्याउँछ जबकि नकारात्मक मनोवृत्तिले हाम्रो बुद्धिमत्तालाई कमजोर बनाउँछ र सीमित गर्दछ।प्रायः भन्ने गरिन्छ ईष्या दुर्गुण हो, गर्नुहुँदैन । हामी कोही पनि ईष्या नगरी बस्न सक्दैनौँ । विगतमा पनि यस्तै भएको थियो, वर्तमानमा पनि त्यस्तै भएको छ र यस्तै अवस्था रहे भविष्यमा पनि हुने त्यस्तै हो । जोजसले ईष्या गर्नुहुन्न भन्ने गरेका छन् उनीहरूले नै सकेका छैनन्, सकेका हुँदैनन् । अहंकार, लोभ र ईष्या मानव मनका मुख्य विकार हुन्। यी भावनाहरूले  व्यक्तिगत मानसिक शान्ति भत्काउँदैनन्, सामाजिक सम्बन्धमा कटुता, द्वेष र आक्रामक व्यवहार जन्माउँछन्। दुर्योधनको ईर्ष्या वा कैकयीको ईष्याले रामको जीवनमा उत्पन्न गरेको कलहले स्पष्ट देखाउँछ कि ईष्या समाजमा पनि विनाशको बीउ बोकेको हुन्छ।…

    • २०८३ असार २८, आईतवार १५:००
    TOP