लोकेन्द्र प्रसाद यादव
लहान।सिरहाको लहान नगरपालिकाले कक्षा १ देखि ९ मा नगरपालिका भित्र पढ्न चाहने विद्यार्थीलाई योग्यताक्रमका आधारमा कोटा निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराउनका लागि आवेदन दिन आह्वान गरेको छ ।
लहान नगरपालिकाले जारी गरको सूचना अनुसार २०८१ चैत्र २८ गते देखि २०८२ बैशाख १२ गते सम्म छात्रवृत्ति आवेदन फाराम भरी सम्बन्धित वडा कार्यालयमा बुझाउनु हुन नगरपालिकाले आह्वान गरेको छ ।‘‘ प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले जारी गरको सूचनामा कक्षा १ देखि कक्षा ९ सम्म छात्रवृत्ति कोटामा अध्ययन गर्नका लागि यस नगरपालिका भित्रका इच्छुक गरिब, दलित तथा अति विपन्न बालबालिकाहरुले जन्मदर्ताको प्रतिलिपी, शैक्षिक प्रमाण पत्र (तल्लो कक्षाको)र वडा कार्यालयको सिफारिस सहित छात्रवृत्ति आवेदन फाराम भरी सम्बन्धित वडा कार्यालयमा बुझाउनु हुन भनेका छन्।
यता लहान नगरपालिका नगर प्रमुख महेश चौधरीले नगरभित्रका संस्थागत(निजि) विद्यालयमा छात्रवृत्ति कोटामा पढ्न चाहने गरिब,दलित अति विपन्न बालबालिकाहरुका लागि छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण भएकोले, आर्थिक वर्ष २०८१⁄०८२ मा सो कोटामा पढन् इच्छुक छात्र⁄ छात्राहरुलाई छात्रवृतिका लागि आवेदन भर्न आग्रह गरेका छन्।
प्रतिक्रिया