logo
  • २०८२ माघ ५ | Mon, 19 Jan 2026
  • भगवानपुर गाउँपालिकाद्धारा शैक्षिक तथा सरसफाई सामाग्री वितरण

    भगवानपुर गाउँपालिकाद्धारा शैक्षिक तथा सरसफाई सामाग्री वितरण

    लोकेन्द्र प्रसाद यादव

    बोदेबरसाईन। सिरहाको भगवानपुर गाउँपालिका विभिन्न कारणले विद्यालय पढन् छाडेकी किशोरीहरु

    उडान सिकाई केन्द्रमा अध्ययन गरी बिद्यालय भर्ना भएका छन्। उक्त किशोरीहरलाई गाउँपालिकाद्धारा शैक्षिक तथा सरसफाई सामाग्री वितरण गरिएको छ।

    भगवानपुर गाउँपालिका वडा नं. १ स्थित रहेका बालासुन्दरी माध्यमिक विद्यालयय प्रावधिकधार मा एक कार्यक्रमबीच ४२ जना किशोरीहरुलाई शैक्षिक तथा सरसफाई सामाग्री वितरण गरेको छ । पढने उमेरमा घरायसी कार्यमा लागेका किशोरीहरुलाई विद्यालयमा टिकाउन शैक्षिक तथा सरसफाई सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

    भगवानपुर गाउँपालिका शिक्षा शाखा प्रमुख रन्जित मण्डलले किशोरी शिक्षा तथा सशक्तिकरण कार्यक्रम अन्तरर्गत विद्यालय बाहिर रहेका किशोरीहरुलाई उडान सिकाई केन्द्रबाट विद्यालय भर्ना भइसकेका किशोरीहरुलाई एक सय बीस किशोरीहरुलाई शैक्षिक तथा सरसफाई सामाग्री वितरण गर्ने बताउनभयो। उहाँले भने झोला, काँपी, कलम, नेल कटर, दाँत माज्ने लगायतका सामग्रीहरु रहेका छन्। ‘‘शिक्षा शााखा प्रमुख मण्डलका अनुसार बाटो देखाउने काम समग्र जन उत्थान केन्द्र र केयर नेपालले गरेको छ भने अगुवाई गाउँपालिकाले लिएर अहिले बिचमै पदाई छाडेका किशोरीहरुको लागि जिवनमा उज्यालो घामको उदय भएको बताउनुभयो।”

     

    भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले पालिकाले किशोरीहरुलाई अध्ययनशील बनाउन थप उर्जा प्रदान गर्ने हेतु यो सामाग्री वितरण गरेको बताउनु भयो । उहाँले थप्दै भने किशोरीहरु शिक्षित भए पछि आत्मनिर्भर हुन सहज हुन्छ र यसले महिला हिंसा समेत कम हुने भएकोले शिक्षामा जोड दिन किशोरीहरुलाई आग्रह गर्नु भयो । साथै उहाँले किशोरीलाई विद्यालयमा टिकाउन पालिकाले अगामी दिनमा समेत अनुगमन देखि लिएर शैक्षिक सामग्रीहरु प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    त्यसै गरी बालासुन्दरी माध्यमिक विद्यालयका प्राधानाध्यपक शैलेन्द्र यादवले नियमित विद्यालय आउँदा हुने सिकाईले जिवन नै परिवर्तन आउने बताउदैँ हाम्रै नेपाल महिला शिक्षित भएर पुरुष सरह नै काम गर्न सकेको उदाहरण छ । उहाँले थप्दै पढाईलाई अपनत्वका रुपमा लिएर नियमित विद्यालय आउन किशोरीहरुलाई आग्रह गर्नुभयो ।

    उक्त कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पार्दै समग्र जन उत्थान केन्द्र लहानका कार्यकारी निर्देशक अनिता चौधरीले कार्यक्रम संचालन गर्नुभएको थियो । उहाँले समग्र र केयरले गरेको कार्यक्रमलाई थप सहयोग हुने उदेश्य र नितिगत परिवर्तनका उदाहरणको रुपमा भगवानपुर गाउँपालिकाले गरेको यो कामलाई स्राहनिय रहेको बताउनुभयो । अगामि दिनमा यस पालिकासँग समन्वय र सहकार्यबाट भएको उपलब्धीलाई अरु पालिकामा समेत उदाहरणका रुपमा देखाउन सकिन्छ।

    सो कार्यक्रममा केयर नेपालका प्रतिनिधि इन्दिरा थापाले शिक्षाका पहुँचबाट टढा रहेकी किशोरीलाई गाउँपनलिकाले अपनत्व ग्रहन गरेसंगै अब ती किशोरीहरुको जिवनमा शिक्षारुपी उज्यालो आउन वातावरण तैयार भएको बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण ९, शुक्रबार ०९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP