उमेश कुमार साह
बोदे बर्साईन। सप्तरीको बोदे बर्साईन नगरपालिका -५ भाटीन स्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयको ४९ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ।
वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंह यादवले विद्यालय बाल मैत्रि र गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । उनले विद्यालयको विकासका लागि आफू सधैँ सकारात्मक रहेकाले सहयोगका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
विद्यालयले वार्षिकोत्सब अतिथिहरूको स्वागतमा नृत्य तथा पठनसिप प्रतियोगिता समेत आयोजना गरेको थियो । नृत्य प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण समेत गरिएको प्रधानाध्यापक
जमिला खातुनले जानकारी दिए । अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न मनोरञ्जन समावेश गरिएको उनले बताए।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जमिला खातुनले विद्यालयको प्रगति विवरण तथा भावी योजना प्रस्तुत गरेका थिए ।
प्रधानाध्यापक खातुले आगामी दिनहरूमा विद्यालयलाई वाल मैत्री तथा प्रविधिमैत्रि बनाउन लागि परेकाले सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताए।
विद्यालयले जग्गा दाता परिवार सदस्य सुधाकर प्रसाद सिंहलाई सम्मान समेत गरेको छ।
कार्यक्रममा बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाकी नगर उपप्रमुख रेणु कुमारी साह , शिक्षा शाखा प्रमुख राम सागर यादव , वडा नम्बर-५ का वडा रअध्यक्ष मजिवुर रहमान, नेपाल प्रज्ञाप्रतिष्ठान प्रज्ञा सभा सदस्य डा . सुर्य प्रसाद यादव, नगरपालिकाका सूचना अधिकारी इमामुल हक,सोही विद्यालयका अवकाशप्राप्त प्रधानाध्यापकद्धवय मोहम्मद गफुर र मोहम्मद काशिम उपस्थिति रहेको थियोे। यस्तै श्री५ महेन्द्र चुन्नी माध्यमिक विद्यालयका प्रधानाध्यापक हम किशोर यादव, रा.प्र.वि. गाैराका प्रधानाध्यापक राम उदगार यादव , अभिभावक , स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
सो बिधालयका व्यवस्थापन समितिका अध्यक्ष योगनारायण यादवको अध्यक्षतामा ४९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो।
प्रतिक्रिया