लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन।सप्तरीको सुरुङ्गा नगरपालिकामा—१ शिशुवारीस्थित श्री जनता माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ।
तीन तल्ले विद्यालय भवन बनाउन रु. पाँच करोड २ लाख ५२ हजार ३ सय ३८ रुपैँया भ्याट सहित लागत अनुमा गरेपनि निर्माया व्यवसायिले रु. तीन करोड १४ लाख ५ हजार ६ सय ४० रुपैयाँ भ्याट सहित भवन निर्माण गर्ने ठेक्का सम्झौता सूर्यकुण्ड/गोपी कृष्ण जे.भी., लहान–१५ सिरहाले गरेको छ।
सो भवन बनाउन विसं.२०८१ माघ २५ गते भएको ठेक्का सम्झौता अनुसार विसं.२०८३ वैशाख ३१ गते भित्र निर्माण कार्य सकाउनु पर्ने छ। उक्त भवन निर्माणमा भारतीय दूतावासको असी प्रतिशत आर्थिक सहयोग र सुरुङ्गा नगरपालिकाले बीस प्रतिशत लागत व्यहोर्ने सुरुङ्गा नगरपालिका नगरप्रमुख गीता चौधरीले बताउनुभयो।
उक्त विद्यालको भवनको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी मधेश प्रदेशका पूर्व मन्त्री गोबिन्द बहादुर न्यौपाने र काठमाडौंस्थित भारतीय राजदूतावासका द्धितीय सचिव गरिमा नौटियालले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ।
यो परियोजना भारतीय दुतवासको उच्च प्रभाव सामुदायिक विकास (एचआईसीडीपी) अन्तर्गत कार्यान्वयन हुने छ।
बुधबारभएको भनवको शिलान्यास समारोहमा नगर प्रमुख गीता चौधरी, नगर उपप्रमुख रुद्र बहादुर कार्की , प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासवान ,जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश कुमार यादव लगायतको उपस्तिति रहेको थियो।
भारतीय दुतवासको आर्थिक सहयोगमा समुदायिक विद्यालयको भवन निर्माण हुने भएपछि स्थानीयले खुशी व्यत्तल गरेका छन्।
प्रतिक्रिया