logo
  • २०८२ कार्तिक २७ | Thu, 13 Nov 2025
  • चन्द्रा नमूना माध्यमिक विद्यालयका अभिलेख सार्वजनिक गर्न युवाहरूद्वारा माग

    चन्द्रा नमूना माध्यमिक विद्यालयका अभिलेख सार्वजनिक गर्न युवाहरूद्वारा माग

    लोकेन्द्र प्रसाद यादव

    बोदेबरसाईन। सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर –५ स्थित रहेका श्री चन्द्रा नमूना माध्यमिक (प्रावधिकधार) विद्यालयका आर्थिक, भौतिक तथा प्रशासनिक अभिलेख सार्वजनिक गर्न माग गर्दै जेनजी बोदेबरसाईन नगर कार्यसमिति र जागरुक युवा अभियान नेपालले संयुक्तरूपमा विद्यालय प्रशासनमा औपचारिक सूचनाको हक प्रयोग गरि निवेदन दिएको छ।
    जेनजी बोदेबरसाईन नगर कार्यसमितिका संयोजक ई. ज्योती किशोर यादवको हस्ताक्षरसहित निवेदन विद्यालयका निमित्त प्रधानाध्यापक विनय कुमार यादवलाई बुझाइएको हो।उक्त निवेदनमा विद्यालयसँग सम्बन्धित विगतका पाँच वर्षका आर्थिक, शैक्षिक र संरचनागत विवरणहरू माग गरिएको छ।

    निवेदनमा विद्यालयले २०७५/०७६ देखि २०८१/०८२ सम्मका लेखा परीक्षण प्रतिवेदन, सरकार र अन्य निकायबाट प्राप्त अनुदानको विवरण, भवन निर्माण र भौतिक पूर्वाधारमा खर्च भएको रकम, विद्यालयका सम्पत्ति सूची, विद्यार्थी भर्ना तथा शुल्क विवरण, र विद्यालय व्यवस्थापन समितिका बैठक निर्णयका प्रतिलिपि उपलब्ध गराउन माग गरिएको छ।

    नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत सो विद्यालयले विगत पाँच वर्षभित्र करोडौं रकम अनुदान पाएको छन्।

    युवा अभियान्ता ईन्जिनियर राजु यादवले विद्यालयका सम्पूर्ण अभिलेख पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो। उनलेे भने  लोकतान्त्रिक सुशासन र जन उत्तरदायित्वको लागि पनि खर्च विवरण सार्वजनिक गर्नुपर्ने बताए।

    अर्को अभियन्ता सुरेन्द्र कुमार साहले “सार्वजनिक धनराशी विद्यालयको विकासका लागि हो, त्यसको हरेक खर्च जनताले जान्न पाउने अधिकार राख्छन्,” भनेका छन्।

    विद्यालयले उक्त निवेदन दर्ता गर्दै मिति २०८२ कार्तिक २७ गते दर्ता नम्बर-१२ प्रदान गरेको छ। विद्यालय प्रशासनले समयभित्रै सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्थानीय राजकिशोर यादवले जानकारी दिनुभयो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ कार्तिक २७, बिहीबार १९:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP