logo
  • २०८२ मंसिर ६ | Sat, 22 Nov 2025
  • मधेश प्रदेशको ४७ अर्बभन्दा बढीको बजेट आज प्रदेश सभामा पेस हुँदै

    मधेश प्रदेशको ४७ अर्बभन्दा बढीको बजेट आज प्रदेश सभामा पेस हुँदै

    मनोज बिद्रोही
    जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४७ अर्ब रुपैयाँभन्दा बढीको बजेट आज प्रस्तुत गर्दैछ।

    अर्थमन्त्री सुनिलकुमार यादवले बजेट अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिव वासुदेवप्रसाद कोइरालाले एक विज्ञप्तिमार्फत बजेट प्रस्तुतिको कार्यसूचीबारे जानकारी दिएका छन्।

    अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब रुपैयाँले बढी हुनेछ। चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।

    संविधान र प्रदेशसभा नियमावलीअनुसार प्रत्येक वर्ष असार १ गतेभित्र सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार यस वर्षको बजेट पनि आज पेस हुन लागेको हो।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १, आईतवार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP